BSC FM live


पेट्रोल बोकेको गाडी विस्फोट हुँदा ५0 को मृत्यु, सङ्ख्या बढ्नसक्ने


१८ असार ,- नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि विस्फोट भएको छ ।

पेट्रोल गाडी सडकमा पल्टिएपछि यसबाट चुहेको इन्धनलाई जम्मा गर्न सडकमा भेला भएका कम्तीमा ५० जना नागरिकहरूको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जनाएको छ। घटनास्थल नजिकैबाट एउटा बस पार हुने क्रममा बसको इन्जिनबाट निस्केको आगोका झिल्काका कारण आगलागी भएको हो।

ट्रक बेनु राज्यको ओहुम्बे गाउँमा दुर्घटनाग्रस्त भएको थियो। सडक सुरक्षामामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबाले घटनाको पुष्टि गर्दै भने, “हामीले ५० मृत शरीरलाई घटनास्थलबाट निकालेका छौँ भने कम्तीमा १ सय घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।” अधिकांशका शरीरका भागहरू जलेका र मृतकको सङ्ख्या बढ्नसक्ने अस्पताल स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन्। मृतकमध्ये एक गर्भवती महिला र कम्तीमा दुईजना बालबालिका छन्।   घटनामा एउटा सडक छेउमा रहेको घर पनि जलेको थियो।

barnanmedia

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी