BSC FM live


खेल अन्तिम – खाेजी पहिलाे जितकाे


 

११ असार,- नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (बुधबार) चेन्नईयिन एफसीसंग प्रतिस्पर्धा गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङले भारतको सुपर लिग क्लब चेन्नईयिनसंग प्रतिस्पर्धा गर्न लागेको हो । मनाङ र चेन्नईयिनबीचको खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

एएफसी कपबाट बाहिरिसकेको मनाङको लागि अन्तिम खेल प्रतिष्ठाको लडाईमा सिमित छ । समूह इमा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ ।

घरेलु मैदानमा मनाङ सान्त्वना जित निकाल्दै प्रतियोगितामा राम्रो छाप छाड्ने लक्ष्यसहित मैदान उत्रनेछ । चेन्नईयिनसंगको खेलअघि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अन्तिम खेल जित्ने लक्ष्यसहित मैदान उत्रने दोहर्याए ।

‘हामी घरेलु मैदानमा भोली एएफसी कपको अन्तिम खेल खेल्दै छौ। प्रशिक्षक गुरुङले प्रि म्याच कन्फरेन्समा भने, ‘हाम्रो मुख्य उदेश्य हाम्रो गर्ने र हाम्रो छाप छाडेर प्रतियोगिताको अन्त्य गर्ने रहेको छ ।’

गत साता बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसंग ५-० गोल अन्तरले पराजित हुँदै मनाङ प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रशिक्षक गुरुङले सो फराकिलो हारले टिमको मनोबल नघटेको बताए । उनले प्रतियोगिताबाट धेरै कुरा सिकेको समेत बताए ।

‘अबहानीविरुद्धको हाम्रो अन्तिम खेलले हाम्रो आत्मविश्वास घटेको छैन । हाम्रो तीनै प्रतिद्वन्दी निकै व्यवसायिक थियो । हामीले एएफसी कपको यात्रामा तिनीहरुबाट धेरै कुरा सिकेका छौं ।’ प्रशिक्षक गुरुङले भने ।

घरेलु मैदानमा मनाङ अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । गत बैशाखमा मनाङ चेन्नईयिनसंग उसैको मैदानमा २-० ले पराजित भएको थियो ।

चेन्नईयिन भने मनाङलाई पराजित गर्दै अर्को चरणमा पुग्ने प्रयासमा हुनेछ । चेन्नईयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ ।

‘मनाङविरुद्ध उसैमा मैदानमा हामीले कुनै दबाब महसुस गरेको छैनौं । हामी दुई पटकको लिग च्याम्पियन हौं ।’ चेन्नईयिनका प्रशिक्षक जोन चार्लेसले भने, ‘अर्को चरणमा पुग्न हामीलाई जित आवश्यक छ । हामी खेल जित्ने ढुक्क छौं ।’

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी