BSC FM live


अछाममा ट्रयाक्टर दुर्घटना, तीन विद्यार्थीको मृत्यु


११ असार,- अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते भएको अछाम प्रहरीले जनाएको छ।  अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको हो। चौरपाटी गाउँपालिका २ का दशपल्ले माविबाट यो वर्ष एसईई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउदको मृत्यु भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए। ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्। बालुवा लिन सेती नदीतर्फ गइरहेको ट्रयाक्टर सडकको ढु‌गामा ठोक्किएर पल्टिएको हो।
tahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी