BSC FM live


संघ र प्रदेशको झल्को दिने नगरसभा….


टुडे संवाददाता/ ताप्लेजुङ, ११ असार
उद्योग वाणिज्य संघको हलमा छैटौं नगरसभा आयोजना गरेको फुङलिङ नगरपालिकाले प्रत्येक सदस्यकालागि बस्ने कुर्सिको ब्यवस्था आ–आफ्नो गरेको थियो । नगरपालिका प्रमुख छत्रपति प्याकुरेलका लागि स्टेजको विचमा बने ब्यवस्था मिलाइएको थियो । दुइतिर गमलामा हुर्कदै गरेका विरुवाको बिचमा टेवुल र त्यसको पछाडि ठुलो कुर्सि राखिएको थियो । त्यसको अगाडि ठुलो राष्ट्रिय झण्डा राखिएको थियो । हलको देव्रेपट्टि उप–प्रमुख वमवहादुर भट्टराइकालागि त्यसैगरि कुर्सि र टेवुल राखिएको थियो ।
११ वडाका वडाध्यक्षकालागि अघिल्लो लाइनमा वडाको क्रम अनुसार कुर्सि थियो । त्यसपछि वडासदस्यहरुकालागि । प्रत्येक जनप्रतिनिधिको नाम कुर्सिमा लेखेर टा“सिएको थियो । नगरपालिकाले रोष्टम आफ्नै ल्याएको थियो । दिउसो पानी परिरहेकाले जनप्रतिनिधिहरु छाता ओडेर एकपछि अर्को गर्दै आए । महिला र पुरुष जनप्रतिनिधिको आ–आफ्नै हुल थियो । नगरप्रमुख छत्रपति प्याकुरेल आफ्ना सल्लाहकार कुमार मादेन सगै आउनु भयो । उहा जव हलभित्र पसे सबै जनप्रतिनिधिहरु उभिए । प्याकुरेल आफ्नो कुर्सिमा पुग्नासाथ राष्ट्रिय गान सुरु भयो । राष्ट्रिय गान सकिएपछि प्याकुरेलले उप–प्रमुख, वडाध्यक्ष र सदस्यहरु र कर्मचारीलाइ सम्वोधन गरेपछि आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रममा आगामि आर्थिक वर्षदेखि नगरपालिकाका नागरिकले नागरिकताको सिफारिसको शुल्क बुझाउनु नपर्ने, सदरमुकाम क्षेत्रलाइ अध्या“रो मुत्त वनाइने,उद्योग वाणिज्य संघ स“गको सहकार्यमा राजश्व संकलनलाइ बृद्धि गर्ने लगायत रहेका थिए ।
नीति तथा कार्यक्रम सकिएपछि प्रमुखले आगामि आर्थिक वर्षको वजेट प्रस्तुत गर्न उप–प्रमुख भट्टराइलाइ समय दिए । देब्रेपट्टि वसेक भट्टराइ नजिकैको ढोकावाट वाहिर निस्किए र वजेटको ब्रिफकेस बोकेर मुल ढोकावाट भित्रिए । केन्द्र तथा प्रदेशको जस्तैगरी रिवनले बा“धेको ब्रिफकेस बोकेर स्टेजतिर गएका उपप्रमुख सबैको आकर्सक वनेका थिए । फोटो खिचाउनेहरुलाइ केहीवेरको समय दिएका उनले कैचींले रिवन काटे र वजेट प्रस्तुत गरे । केही समयसम्म सबैको ध्यान बजेटमै भएपनि वडाध्यक्ष तथा वडासदयहरु कोही मोबाइल खेलाउन त कोही फोनमा कुराकानी गर्न थालेका थिए । २ः३० वजे सुरु भएको वजेट सभामा उपस्थित जनाउन वडासदस्यहरु ढिलो सम्म आइरहेका देखिन्थे ।
अघिल्लो पंतिमा रहेका वाड्नं ३ का अध्यक्ष युवराज वराल र ४ का वडाध्यक्ष जितेन लिम्वू लामै समय मोबाइलमा झुमेको देखियोभने नीता सिंवाले हलभित्रैवाट फोनमा कुराकानी गर्न छुटाइनन । पछिल्लो पंतिमा रहेकी वाड्नं १० का एकजना महिला सदस्यलाइ बिउझाउन छेउमा रहेकी अर्कि सदस्यले बेलाबेला भकेल्नुपरेको दृष्यपनि रमाइलो थियो । प्रत्येक सदस्यकालागि पानीका बोतल दिएपनि बाहिर पानी परिरहेकाले त्यसको खपत खासै भएन । उपप्रमुखको बजेट सकिएपछि नगरप्रमुखले लिखित सुझाव दिनकालागि १५ मिनेटको समय दिएका थिए । तर त्यो समयमा अधिकांस सदस्यहरु खाजाखाने लाइनमा देखिए । नगरपालिकाका जनप्रतिनिधि र पत्रकार मात्रै भएको कार्यक्रममा सांसद लगायतका अतिथि थिएनन । मगरप्रमुख प्याकुरेलले सांसद ज्यूहरु जिल्लामा भएपनि सञ्चार नभएकाले अतिथि बोलाउन नसकिएको मात्रै बताएनन सञ्चार सम्बन्ध बढाउन पनि सांसदहरुलाइ अपिल गरे ।
नगरसभाको प्रतक्ष प्रशारण स्थानिय सञ्चार माध्यमले गरेका थिएभने फेसबुक लाइभपनि भएको थियो । प्रमुख प्रशासकिय अधिकृत ले केन्द्रको जस्तै गर्ने प्रयास गरिएकाले सुझाव दिन अपिल गरिरहेका थिए ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी