BSC FM live


बिहे गर्छु भन्दै २० युवती फसाउने प्रहरी फन्दामा


 ०२ असार,- ज्ञानेश्वरकी किरण शाह त्यतिबेला छाँगाबाट खसेझै भइन्, जतिबेला एक अपरिचित युवतीले हुनेवाला दुलाहाको असली धन्दा पर्दाफास गरिन्।

त्यस वेलासम्म ढिला भइसकेको थियो। नगुम्नुपर्ने गुमिसकेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौँ टेकुस्थित कार्यालयमा आइतबार भेटिएकी उनी प्रहरीसँग भन्दै थिइन्, ‘त्यसले मेरो सबै सक्यो। त्यसविरुद्ध कानुनी कारबाही गरिपाऊँ।’

प्रहरीका अनुसार उनलाई प्रेमको चंगुलमा पारी फसाउने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्य थिए। केही साता पछिमात्र उनीहरुबीच इन्गेजमेन्ट हुँदै थियो भन्ने खबर छ। यसका लागि राजधानीको पाँचतारे होटल बुक गरिएको थियो। उपहार दिन डेढ करोड पर्ने ल्यान्डरोभर कारसमेत तयार थियो।

तर, जब हुनेवाला दुलाहाको असली धन्दा सतहमा आयो, सबै योजना तासको घरझैँ भताभुंग हुन पुगे। आचार्य अहिले प्रहरी हिरासतमा छन् भने युवती न्यायको खोजीमा भौतारिरहेकी छन्।

प्रहरीका अनुसार आचार्यले शाह जस्ता २० भन्दा धेरै युवतीलाई यसैगरी फसाइसकेका काठमाडौँ परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए। पीडित युवती खानदानी घरानाका भएकाले उनीहरु खुलेर आउन सकिरहेका छैनन्।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी