BSC FM live


बजेट सक्ने चटारो


टुडे संवाददाता, पाँचथर, ३० जेठ

जिल्लाको दक्षिणी सप्तमी– मौवा सडक खण्डका विभिन्न ठाँउमा यतिबेला धमाधम कामहरु भईरहेको छ । कतै स्काईब्रेटर चलेका छन् त कतै सोलिङका काम भईरहेका छन् । विभिन्न ठाँउमा मजदुरहरु काम गरीरहेका भेटिन्छन् । चालु आर्थिक बर्ष सकिने समय नजिकिदै गर्दा यहाँ कामलाई तिव्रता दिइएको छ ।
यो सडक खण्डमामात्र हैन जिल्लाका अधिकरत ठाँउमा यतिबेला बजेट सक्न हतारोमा योजनाहरुको काम भईरहेको छ । जिल्लाका विभिन्न ठाँउमा पुग्दा यसकिसिको बजेट सक्ने गरी हतारोमा काम भईरहेको देख्न पाइयो । ठेकेदार र उपभोक्ता समितियतिबेला निक्कै हतारोमा छन् । विगतमा झै असारको झरीमा विकासका नाममा बजेट खर्च गर्न खोजिएको देखिन्छ । यो हतारो असार भरी हुने देखिएको छ । लेकाली क्षेत्रमा बर्षाको असर पर्न थालेको छ । कर्मचारी तथा जनप्रतिनिधिको योजना अनुगमन लगायका कामको नाममा व्यवस्थता बढेको छ । स्थानिय तथा प्रदेश सरकारका योजनाहरुको बजेट कार्यान्वका लागि यतिवेला निक्कै व्यस्थता देखिन्छ । समग्र स्थानिय तहको खर्चको हालसम्मको अवस्था हेर्दा करिव ५० प्रतिशतको हारहारीमामात्र खर्च भएको देखिन्छ । स्थानिय तहको बजेट आर्थिक बर्षको सुरुवातदेखिनै खर्च गर्न सकिने भएपनि ढिलो गरी काम भएको देखिन्छ । प्रदेशका धेरैजसो आयोजना सकिएका छैन । तर अझै चालु आर्थिक बर्षमानै सम्पन्न गर्ने गरीका योजना थपिने क्रम रोकिएको छ । कतिपय आयोजना अहिलेकै अवस्था सकिने अवस्था छैन । स्थानिय तह, प्रदेश तथा संसदले खर्च गर्ने बजेट सक्ने हतारो जिल्ला भारमा चलिरहेको छ ।
प्रदेशको पूर्वाधार कार्यालयबाट कार्यान्वयन हुने गरी हालै ४ वटा सडकको योजना आएका छन् । मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम अन्तर्गत आएको योजनाको न डिपिआर छ न यहि आर्थिक बर्षमा खर्च गर्न सक्ने अवस्था छ । हेवाखेला, नुवा खोला, नावा खोला र निवु खोला कोरीडरका नाममा योजना आएको हो । हरेक योजनाकालागि चालु आर्थिक बर्षमा सक्ने गरी २० लाख को बजेट आएको छ ।
पाँचथर र ताप्लेजुङ हेर्ने उक्त कार्यालयले केहिदिनमै चालु आर्थिक बर्षमा सक्ने गरी आठवटा ठेक्काको सूचना निकाल्ने तयारी गरेको कार्यालय प्रमुख भरतकुमार यादवले बताए । पूर्वाधार कार्यालयबाट हुने कामा बर्खामा हुने देखिन्छ । कार्यालयको चालु आर्थिक बर्षको ४० करोडको बजेट रहेकोमा १० प्रतिशतमात्र खर्च भएको यादवले बताए । बाँकि समयमा नै दु्रत गतिमा काम गर्ने योजना रहेको प्रमुख यादवले भने ।
अर्को रोचक पक्ष त के छ भने ७ करोड पूर्वाधार निर्माणको बजेट स्वास्थ्य कार्यालयबाट कार्यान्वय हुदै छ । खेलमैदान, स्वास्थ्य र विद्यालयको भवन निर्माणका काम यो कार्यालयबाट भएका छन् । २३ वटा योजना मध्ये ३ वटाको अझै सम्झौता भईनसकेको कार्यालय प्रमुख तेजबहादुर तुम्बापोले बताए । यतिवेल खेलमैदान बनाउनकालागि डोजर चलाई रहेको छ । ८५ लाख बजेट भएका केहि भवनका योजना यो आर्थिक बर्षमा सकिने देखिदैनन् । ढिला गरी प्रदेश सरकारबाट आएका आयोजनाको काम सक्ने हतारो उत्तकै छ । यस्तै काम शिक्षा इकाईमा पनि छ । २१ योजना मध्ये ५ वटा भवनका योजनामा निक्कै हतारो छ । २ करोड ९० लाखको योजना शिक्षा कार्यालयसँग छ । फिदिम माविको खेलमैदानको काम धमाधम भइरहेको छ । झार रोप्ने, प्याराफिट बनाउने काम भएपनि अझै बजेट आउने तथा सम्झौताको काम भएको छैन । ५० लाख बजेट छुटिएको भएपनि सम्झौता भएको देखिदैन । प्रदेश मार्फत अन्य योजनाहरुको काममा पनि निक्कै धमाधम छ । सिलौटि, लोब्रेकुटि, हिलिहाङ दरबार, प्रविधिक महाविद्यालय, विभिन्न ठाँउमा भ्यू टावर लगायतका कामको पनि अन्तिम अवस्थामा काम भइरहेको देखिन्छ ।
स्थानिय तहको अवस्था पनि उहि छ । असार भरीपनि कामले तिव्रता पाउने स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरु बताउँछन् । कामको निक्कै चाप देखिन्छ । ‘यो बर्षपनी अन्तिम समयमा कामको चाप भयो । लेखापाल नहुँदा समयमा काम गर्न सकिएन । कार्यालयमा निक्कै चाप छ’ मिक्लाजुङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरुण राईले भने ‘सकेसम्म योजनाहरु सम्पन्न गर्ने पक्षमा छौँ ।’
सबै स्थानिय तहमा कामको चाप छ । कार्यालयमा भिड देखिन्छ । बजेट फ्रिज हुन नदिन जनप्रतिनिधिको दबाब देखिन्छ । जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी, ठेकेदारहरु व्यस्त छन् । कामको अनुगमन प्रभावकारी हुन सकेको छैन ।
फिदिम नगरपालिकामा मोटोमटि ६० प्रतिशत विकास बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार दाहालले बताए । असार भरी काम हुनेनै देखिएको उनले सुनाए । कुम्मायक गाँउपालिकामा ५० प्रतिशतको हारहारीमा बजेट खर्च भएको छ । प्रमुख प्रशासकिय अधिकृत कमल भटराईका अनुसार केहि आयोजनाको अझै सम्झौता हुन बाँकि नै छ । फालेलुङमा ६०, हिलिहाङमा ६५ प्रतिशत खर्च भएको छ । फाल्गुनन्द, तुम्बेवा, याङवरक गाँउपालिकाको बजेटको यतिनै खर्च भयो भन्ने विवरण आउन केहिदिन लाग्ने प्रमुख प्रशासकिय अधिकृतहरु बताएका छन् । तर यहाँ कामहरु अझै बाँकि नै छन् । संघ, प्रदेशका स्थानिय तहले कार्यान्य गर्ने योजनामा ढिलाई देखिन्छ । स्थानिय तहले साना–साना योजना बनाएपनि कार्यान्वयले तिव्रता पाएको देखिदैन । स्थानिय तहको सरचना, कर्मचारीको व्यवस्था भएपनि विगत झै अन्तिम समयमा हतारोमा काम गर्ने प्रवृत्ति दोहोरीएको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी