BSC FM live


पर्यटकीय लेखगाँउको कथा


टुडे संवाददाता /पाँचथर ,२९ जेठ
सडकै छेउमा गुदालाबोजोला ताल देखेपछि फोटो खिच्ने मन लागेर आहिहाल्छ । डाँडाले घेरीएको ताल आर्कषकमात्र छैन केहि समय घुम्नकालागि पनि मिल्छ । सौखिनहरु घण्टौ बसेर माछालाई खानेकुरा फाल्दै रमाउन पनि सक्छन् । यो ताल पाँचथरको जिल्लाको दक्षिणी मिक्लाजुङ–७ लेखगाँउमा पर्छ ।
त्यसोत लेखगाँउ आफैमा आर्कषक छ । राँके–भेडेटारमा पर्ने यो बस्ती हेरीरहु लाग्ने छ । मिक्लाजुङ पहाडको काखमा रहेको यो बस्ती लेकमा पर्छ । लेकाली डाँडाहरु आसपासमा फैलिएको वस्ति । तिनै डाँडाको विच भएर अघि वढेको सडक । चिटिक्क परेका घर, सफा सिनित्त परेका आगन र फाट जस्तो ठुला–ठुला गरामा गरिएको खेती । यसले लेखगाँउको सौन्दर्यको जनाउछ । साना साना पहाडको बिचमा बस्ती छ ।
साना तर चिटिक्क परेका घरहरु छन् । स्थानिय खोलाबाट स्थानियनै मेहेनतमा पेल्टीकसेटबाट बत्ति बालीएको छ । अहिले यो दुर्गम मानिएको बस्तीमा इन्टरनेटको सुविधा छ । पहाडी वस्ति ति माथि होचा होचा डाँडाहरुको संरचना, विचमा गएको सडक, सडक आसपासमा काठ र जस्ता मिसाएर वनाईका आर्कषक घर धेरैको मन लोभ्याउने थलो हो । यहाँ पुगेकाले वर्णन गरेका समाग्रि समाजिक सञ्जालमा प्रसस्त भेटिन्छ ।
‘सबैले यहाँको बयान गर्छन्, हामि गाँउलाई थप सुविधा थप्ने प्रयासमा छौँ । चर्चित मिक्लाजुङ पहाडको काखमा रहेको यो ठाँउमा पर्यटक भित्र्याउने सपना छ’ स्थानिय सञ्जय राईले भने ‘भुगोलले साथ दिएको छ, ताल लगायका सरचना बनाएका छौँ । प्रचारप्रसार र होमस्टेकाको खाचो छ ।’
सदरमुकाम फिदिम देखि निक्कै टाढा पर्ने उक्त ठाँउ आर्कषक छ । विभिन्न प्रकृतिक संरचना,समाजिक परिस्थिती, खेती प्रणाली तथा ग्रामिण वसोवासको झल्को धेरैले आर्कषक मान्ने गरको छन् । सात वटा टोलमा फैलिएको लेखगाँउका स्थानिय सहयोगि तथा सामान्य किसीमका भएकाले पनि वेला वेला यहाँ भेला भएर रमाईलो गर्नेहरु पनि भेटिन्छ । गीत संगीत तथा सस्कृति प्रतिको प्रेम कुम्भकर्ण, मकालु जस्ता हिमालको दृष्य, गुदालाबोजोला, छत्रे बोजोला जस्ता ताल, फराकीलो खेल मैदान यहाँका विशेषता हुन । बेलासी यहाँ पाईने विशेष फल हो । बनक्षेत्रमा विभिन्न प्रजातीका चरा चुरुङगी पाईन्छ ।
हरेक घरमा पेल्टिक्सेट मार्फत वत्ति पु¥याइएको छ भने खानेपानीको समस्या छैन् । समुद्र सतह देखि दुई हजार २ सय मीटर उचाईमा भएपनि चिसो भने अत्यान्त छ । गर्मिमा केहिदिन कटाउन यहाँ जादा हुन्छ ।
यस क्षेत्रमा युवाहरुको सक्रियता भएकाले गाँउशान्त रहेको स्थानिय विराज राई बताउँछन् । कन्याटार, कम्पूmटार जस्ता सुन्दर ठाँउले लेखगाँउ घेरीएको छ । साना साना डाडाँ,गुम्बा तथा मन्दिर, ठुलो खेलमैदान भएकाले यस क्षेत्रमा पर्यटक समेत निम्त्याउन सकिने स्थानियको अनुमान छ । परम्परागत शैलिमा काठ तथा माटो कुदेर वनाइएर घरहरु छन् यहाँ । यिनै घरहरुमा आउने पाउनालाई आतिथ्यता प्रदान गर्ने गरिन्छ । यहाँ सवै टोलमा पेल्टिक्सेट निर्माणगरिएको छ । पर्याप्त पानी भएकाले एकै वार्डका ६ स्थानवाट निकालिएको पेल्टिक्सेटवाट गाँउ झिलिमिली छ । यहाँका विब्ल्याटेँ, सुर्केगाँउ, गैरीगाँउ खोलाखर्क, होमेगाँउ,शान्ति टोल तथा भाङ्टारले आफ्नै किसीमका विशेषता बोकेका छन् । यि सवै टोलहरुमा एक सय १६ घर धुरी रहेको छ । वन क्षेत्रको नजिकै भएकाले विभिन्न जातका चराचरुङ्गी आगनमै चरिरहेका देख्न पाईन्छ । केहि दिन मन भुलाउन चाहानेका लागि यो ठाँउ उपयुक्त हुन्छ । दक्षिणी क्षेत्रवाट यहाँ बनभोजका लागि पनि मानिसहरु आउने गरको स्थानियले बताए । हिउँदमा घरवाट उठ्ने वित्तिकै हिमाल मोतीझै टल्किरहेको देख्न पाईने स्थानिय अनिल राई बताउँछन् ।
कला,सस्कृतिमा राम्रो आर्कषण छ । सुर्योदय कलाकेन्द्रमा युवायुवतीहरु हरेक साझ सिकिरहेका देख्न पाईन्छन् । कोदो,मकै,अलैची प्रमुख वाली हो भने धेरैले पशुपालन व्यवसाय गरको छन् । गाँउमै डेरी भएर सजिलो भएको छ । अहिले अर्गेलीको सकलनमा स्थानिय व्यवस्त छन् । यो हातेकागज बनाउन उपयुक्त छ ।
मिक्लाजुङ पहाड सुर्योदय, हिमाल लगायको दृष्य, प्राकृतीक सम्पदा र धार्मिक महत्वले महत्पूर्ण छ । यहाँ बर्षेनी आन्तरीक पर्यटक आउछन् । यसको फेदमा लेखगाँउ छ ।वास लागयतका काममा समेत यहाँका स्थानियल अब्बल छन् । यहाँ आउने सडक कालोपत्रेकालागि ठेक्का लागेको छ । सडकको स्तरउन्नतीपछि यो ठाँउ पर्यटकहरुको गन्तव्य हुने छिमेकी गाँउका घनश्याम घिमिरको अनुमान छ । मेची राजमार्गको राँके हुदैँ यहाँ पुग्न सकिन्छ । धरानवाट भेडेटाड,वुधवारे हुदैँ पनि सडक यहाँ पुगको छ । मोरङको लेटाङवाट यता तिर आउने सडक पनि जोडिन्छ । यस क्षेत्रलाई हनिमुन स्पोर्ट बनाउन सकिने सम्भावना समेत औल्याइदैँ छ ।
पदयात्रा रुचाउनेलाई लेखगाँउ आराम गर्ने गन्तव्य हुन सक्ने घिमिरेको भनाई छ । राँके,पञ्चमी, दशमी,रवि, चिसापानी पञ्चमी,,कन्याटार,लेखँगाँउ,कम्फूटार, वुधवारे,मुडेवास,सन्तुटार,राजारानी,डाँडा गाँउ भेरेटार पदमार्गको लागि उपयुक्त हुने चर्चा हुने गरको छ । यहाँ पदयात्रा गर्नेलाई आराम गर्ने थलो लेखगाँउलाई बनाउन सकिन्छ । प्रकृतिक रुपमा सुन्दर रहेको यो ठाँउमा पुर्वाधारको विकास गर्नु पर्ने यहाँपुग्नेहरुले बताउने गरको छन् । यहाँ मेची पहाडी पर्यटन विकास समितिले केहि सहयोग गरेको छ । थप पर्यटयि पूर्वाधार र प्रचारप्रसार, उत्सव लगायतको आवश्यता देखिएको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी