BSC FM live


विकासको आशा



जिल्लाका विभिन्न ग्रामिण क्षेत्रमा समाजिक, प्राविधक रुपान्तर भईरहेको छ । समाजमा मानिहरु सचेत बन्नुका साथै समय अनुकुल परिवर्तन भईरहेका छ । यहिबेला उनीहरुको विकासको आशा निक्कै नै छ । तीन तहमा सरकार भएकाले विकासको अपेक्षा सबै गाँउहरुमा छ ।
विभिन्न क्षेत्रकाबासिन्दाहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा प्रविधिको विकास ह्वातै बढ्ने अपेक्षा राखिरहेका छन् । सडक, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा लगायतका क्षेत्रमा विकासको अपेक्षा रहेको देखिन्छ । दिर्घकालीन महोत्वका योजनाहरु अघि सार्न पाए ग्रामिण क्षेत्रमा ठुलो राहत पुग्ने स्थानियको बुझाई छ ।
बसाई सराई राक्ने किसिमको विकासको अपेक्षा रहेको छ । पहाडी े लेकाली क्षेत्रमा भएको उत्पादनलाई तराई तथा सहर क्षेत्र विशेष मन पराईने गरीन्छ । तरकारी, फलफुल तथा अन्य खाद्यान्नको उत्पादन गर्न सकिने अपेक्षा छ । गाँउमा युवाहरुलाई अड्याउने कार्यक्रम आउन सके गाँउमा विकासका विभिन्न आयमहरु सृजना हुनु पर्ने मागहरु भेटिन्छ ।
थम्कीला डाँडाहरु, बनक्षेत्र, तालपोखरीले भिरिएको ग्रामिण क्षेत्रका बासिन्दाहरु कृषि, व्यापार तथा घरेलु उद्यममा सक्रियताको बढाउन आवश्यक छ । स्थानिय तथा प्रदेश सरकारले स्थानिय आवश्यकतालाई बुझेर राम्रो कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।
भएकाका सडकको सुधार गर्नु जरुरी छ । शिक्षा र स्वास्थ्यको प्रभावकारी सुविधा ग्रामिण क्षेत्रमा पुग्नु आवश्यक छ । बजेटलाई टुक्र्याउने भन्दापनि वृहतर हिसाबले ठुला किसिमका योजना अघि सार्न आवश्यक छ । स्थानिय र प्रदेश सरकार मिलेर ग्रामिण उद्यमशिलतामा जोड दिनु पर्छ । ग्रामिण शैक्षिक स्तर बढ्दै गएको छ । इन्टरनेटमा पहुँच वृद्धि भएको छ । तर युवाहरु विरत्तिने क्रम बढ्दै छ । केहि गर्दा पनि नहुने रहेक छ भन्ने भावना छ । बरु विदेश गएर चाडै पैसा कमाउने मोह बढेको छ ।
अब ग्रामिण आयआर्जन प्राथमिकताको विषय हुन । सुविधा विस्तारमा पनि जोड दिनु पर्छ । तराईमा घरेडी जोड्ने चलनलाई निरुत्साहित गर्नै पर्छ । सुरक्षा, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी राज्यले गर्नै पर्छ । विकासका योजना आयमुलक र उपलब्धी मुलक हुन पर्छ । जीवन शैलिमा परिवर्तन आएझै विकास निर्माणमा परिवर्तन भएको छैन । मोवाईलमै ससार पाईने यो बेलामा सोहि अनुसार ढल्किएर काम अघि बढाउन जरुरी छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी