BSC FM live


कलहको भय



पाँचथरको आरुबोटे जेठको पहिलो सातादेखि खुब चर्चित छ । नौ जनाको हत्या भएपछि यहाँ त्रास तथा चासोलो हेरीयो । घटनालाई हालसम्म प्रहरी गरेको अनुसन्धानले पारिवारीक किचलोले विभत्स हत्यासम्मको निर्मम अवस्था सृजना भएको अनुमान लगाएको छ । कति डरमर्दो अवस्था ।
जिल्लामा चालु आर्थिक अवस्थामा भएका अन्य चार हत्याका घटना पनि पारिवारीक किचलो उपज भएको देखिन्छ । हत्यासम्मका अपराध पारिवारीक किचलोले उत्पन्न गरेको देखिन्छ । कुटपिट, पारिवारीक खटपट तथा सम्बन्ध विच्छेदसम्मका घटनाहरु पारिवारीक कलहले बढाएको छ । वद्लिदो समय, बैदेशिक रोजगारी, फेसबुक लगायतका सामाजिक सञ्चालको असर पारिवारमा देखिदै छ । परिवार भाडीने घटना एक पछि अर्को थपिएका छन् । आर्थिक कारोबार, सम्पतीको वितरण, परसम्बन्ध लगायतका कारणले परिवारमा किचलो बढेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी चौकि र विभिन्न प्रहरी चौकिहरुमा पारिवारिक किचलोको उजुरी प्रसस्त छन् ।
परिवार टुक्रिदै गएको पुष्टि सम्बन्ध विच्छेद बढ्दै जानुले पनि गराउँछ । चालु आर्थिक बर्षमा सम्बन्ध विच्छेका घटना ह्वातै बढ्दै गएको छ । जिल्ला अदालतको तथ्याङ्क हेर्ने हो भने अरु मुद्धाको तुलनामा सम्बन्ध विच्छेदका मुद्धा बढि देखिन्छ । चालु आर्थिक बर्षमा सम्बन्ध विच्छेदका लागि १ सय ६२ जनाले मुद्धा लगाएका छन् । यो अघिल्लो आर्थिक बर्षको तुलनामा साढे तीन गुणाले बढि हो । आघिल्लो आर्थिक बर्षमा ४५ वटा मुद्धा दर्ता भएका थिए । चालु आर्थिक बर्षमा १ सय ३ जना महिला र ५९ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्धा दर्ता गराएका छन् । अघिल्लो आर्थिक बर्षमा ४३ महिला र २ पुरुषले मुद्धा दर्ता गराएका थिए ।
बैदेशिक रोजगारमा हुँदा अर्को विवाह गर्ने क्रम उत्तिकै छ । श्रीमान फर्किपछि पैसा तथा परपुरुषसँगको सम्बन्धको कारणदेखाउदै किचलो बढ्दै गएको घटनाहरु बाक्लीने क्रम जारी छ । श्रीमान विदेशमा रहेको बेला परपुरुषसँग सम्बन्ध राखेको भन्दै किचलो हुने गरेको छ । यस्तै, पुरुषहरुले श्रीमतीलाई छल्दै परस्त्रीसँग सम्बन्ध राख्दा समस्या हुने गरेको छ । समाजिक सञ्जालको प्रयोगले पनि समस्या ल्याएको छ ।
आपसमा समझदारी नहुँदा यस्तो समस्या हुन्छ । पारिवारीक किचलोलाई सहज निराकरण गर्ने, सचेतना जगाउने तथा जिम्मेबार बन्न आवश्यक छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी