BSC FM live


सिमा स्तम्भको संरक्षण मा चासो देउ


सिमाक्षेत्रमा रहेको सिमा स्तम्भहरु देशका गहना हुन् । देशको गौरव हो । सिमा स्तम्भलेनै दुई देशको सिमा छुट्याएको हुन्छ । नेपाल र भातर त अझ खुल्ला सिमाना भएका देश हुन् । नेपाल भारत सिमा क्षेत्रमा त सिमा स्तम्भ भन्दा बाहेक केहि पनि छैन् । न त धेराबारा नत पर्खाल । यस्तो अवस्थामा सिमा स्तम्भको ठुलो महत्व रहेको छ ।

नेपाल भारत सिमा क्षेत्रमा सिमा स्तम्भको रेखदेख हुन नसक्दा जिर्ण बन्दै गएको पाइएको छ । नेपाल भारत सिमाक्षेत्रका पिल्लर हर जिर्ण बन्दै ग्एका हुन् । धेरै वर्ष पुराना पिल्लरहरुको समय समयमा मर्मत नहुदा सिमास्तम्भहरु जिर्ण बनेका हुन् ।
सिमा क्षेत्रमा त नेपालको उपस्थिती एकदम न्युन रहेको छ । सिमा प्रशासन कार्यलय सिमाक्षेत्रबाट निकै टाढा रहेको छ । यस्तो अवस्थामा सिमा स्तम्भको मर्मतमा नेपाल तर्फबाट पहल गर्न जरुरी छ । सिमा क्षेत्रमा रहेको सिमा स्तम्भहरुको बारे नेपाल तर्फबाट सिमास्तम्भको बिषयमा चासो दिन जरुरी छ ।
केहि समय अगाडी जिल्ला प्रहरी कार्यालयबाट अनुगमन भएको भन्ने कुरा आएको छ । उक्त अनुगमनबाट पनि प्रतिबेदन आएको होला । उक्त प्रतिबेदनलाई आधार मानेर भए पनि सिमास्तम्भको सुरक्षाको लागी नेपाल सरकारको पक्षबाट पहल हुन जरुरी छ । सिमस्तम्भको मर्मत सम्भारको बिषयमा यर्थाश्रिध दुई देशको बिच मर्मत गर्ने बिषयमा छलफल हुन आवश्यक देखिन्छ ।
पाँचथरको सिमा क्षेत्रमा मात्र ९ वटा जगें पिल्लर रहेको छ । ९ वटा पिल्लर मध्ये एउटा जोखिम रहेको भन्ने कुरा आएको छ । दुईवटा जंगे पिल्लरको सामान्य मर्मत गर्नु पर्ने अध्यनले देखाएको भन्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मर्मत गर्नु पर्ने र सम्भार गनु पर्ने सिमास्तम्भहरुको संरक्षण गर्न सरोकारवालाहरुले पहल सुरु गर्न आवश्यक छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी