BSC FM live


अवको बजेटमा भौतिक पूर्वाधार विकाशलाई वढि प्राथामिकता दिइनेछ :हर्क मोक्तान


जितेन्द्र भण्डारी
अहिले स्थानीय सरकार आगामी आर्थिक बर्षका लागि बजेट बनाउने तयारीमा छन । त्यसका लागि टोल टोल देखी छानिएका योजना वडा हुँदै स्थानीय सरकार समक्ष आइपुग्नेछन । सोही सेरोफेरोमा रहेर फिदिम नगरपालिका वडा नम्बर १ का अध्यक्ष हर्क मोक्तानसंग पत्रकार जितेन्द्र भण्डारीले गरेको कुराकानी आजको टुडे संवादमा ।

तपाइ निर्वाचित भएपछि वडाको विकाशका लागि के के गर्नुभयो ?
विगत दुई वर्षको अवधिमा वढी भौतिक पूर्वाधार विकाशलाई प्राथामिकता दिएर काम गरियो । सडकको ट्रयाक ओपन समेत नभएको क्षेत्रमा हामीले काम गरिरहेका छौ । कार्तिके सेपेनि सिउरेनि फलाटेबाटो निर्माण, तिनखोप्रे सुन्तलावारी दुमाडाँडा साँगुबोटे सडक निर्माण, थोक्लिहाङ घर देखि २ नम्बर नयाँ बसपार्क जाने बाटो निर्माण तथा स्तरोन्नित, गोलधारे मोटर बाटो निर्माण, कालुमानको घर देखि थाङसाङ खोला मोटरबाटो निर्माण जस्ता सडकहरुको निर्माण गरियो, यस्तै उन्नत जातको बोका वितरण तथा च्याऊ खेती सम्वन्धी तालिम प्रदान गरियो, खानेपानीको अभाव भएको ठाउँहरुमा खानेपानि तथा सिंचाई खानेपानीको पाईप खरिद गरी वितरण गरियो । यस्तै दलित तथा महिलाहरुलाई सिप मूलक तालिम संचालन गरियो, जेष्ठ नागरिक सम्मान, विजुलीको पोल खरिद र विजुलीको तार खरिद गरी वितरण गरियो । यस्तै प्राथामिक उपचार सम्वन्धि तालिम तथा उपचार सामाग्री वितरण गरियो । यो क्रम जरी छ ।
आगामी आर्थिक बर्षका कार्यक्रम के के छन ?
अवको बजेटमा पनि भौतिक पूर्वाधार विकाशलाई नै अलिक वढि प्राथामिकता दिने सोचमा छु । यसपल्ट सडक निर्माणलाई भन्दा खानेपानी नभएका स्थानहरुमा खानेपानी पुर्याउने सोचमा छु ।
विशेषगरी फिदिम १ को माँलवासे, नाम्दु, ढोडेनी, तिनखोप्रे, साब्राङ जस्ता ठाउँहरुमा ट्याँकी नयाँ निर्माण तथा मर्मत सम्भारका लागि बजेट विनियोजन गर्ने सोचमा छु । यस्तै भौतिक पूर्वाधार विकाशको अलावा सामाजिक विकाशलाई पनि अघि वढाउन विभिन्न किसिमका तालिमहरु संचालन गर्ने सोचमा समेत रहेको छु ।
सीपमूलक तालिमहरु जसले गर्दा उपलिब्ध पनि केही देखियोस् भन्ने सोचमा छु,मौरी पालन तालिम दिने, टोलटोल बाट छनौट गरेर पलम्बर सम्वन्धी तालिम दिने, गाउँघरमै पनि बोकाहरु खसि पार्ने तालिम, चेतनामूलक तालिमहरु संचालन गर्नेछु ।
यस्तै कृषि क्षेत्रलाई प्राथामिकतामा राखेको छु । जीवीकोपार्ज गर्दे आएका कृषकहरुलाई ब्यवसायिक बनाउन आवश्यक तालिम, विउ विजन प्रदान गर्ने, च्याऊ खेती तालिम यस पल्ट पनि संचालन गर्ने विचारमा छु ।
यस्तै पशुपालन तर्फ बाहिर बाट राम्रो जातको बिऊ बोकाहरु ल्याएर पशुपालक कृषकलाई वितरण गर्ने, भकारो सुधारको कार्यक्रम, राम्रो जातको गाईको वाच्छी वितरण गर्ने, शिक्षातर्फ विद्यालयमा खेलकुद सामाग्री प्रदान गर्ने, पिउनेपानी, शौचालयको ब्यवस्था, पुराना देवस्थलहरुलाई संरक्षण गर्ने, ट्यांकी धारा मुनिबाट गएको पहिरोको मर्मत गर्ने जस्ता योजनाहरु बनाउने सोचमा छु ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी