BSC FM live


एकान्तको बर्मे गाउँ


टुडे संवाददाता/ पाँचथर, ०५ जेठ
यतिवेला हरियाली मस्त छ । गर्मीले सताउदै गर्दा लेकमा भने बढो आनन्द हुन्छ । यस्तै आनन्द बोकेको ठाँउ छ बर्मे । बर्मे गाँउको कथा निक्कै रोचक र आर्कषक छ ।
पाँचथरको उत्तरी याङवकर गाँउपालिका– १ मा बर्मे गाँउ छ । अरुगाँउहरु भन्दा छुट्टै अग्ला पहाड, इवा र बर्मे खेलाले घेरीएर बसेको यो गाँउ पृथक छ । नजिकको बस्ती देखि यहाँ पुग्न चार घण्टा कुस्ता हिड्नु पर्छ । वेतेनी देखि हिडेपछि भेटिन्छ खोल्सा, अलैची बारी, भिर, पहारा र प्राकृतिक सुन्दरता । बर्मेकै लक्ष्मी भन्ने ठाँउमा पुगेपछिमात्र घर भेटिन्छन । नाक ठोकीने उकालो हिड्नु पर्छ । ओरालो झर्दा ‘वान मिस्टेक, गेम ओभर’ रे । अर्को छिमेकमा ताप्लेजुङको कालीखेला पर्छ । थोरै जनसंख्या भएको वस्ती भौगोलिक रुपमा विटक छ तर फरक भेटिन्छन् । मन हर्ने वातावरण यहाँ पाईन्छ । सामाना बस्तीसम्म पु¥याउन भरीयाको भर पर्नुपर्छ । पाँचास केजि चामल बेतेनी देखि बर्मे लैजादा ६ सय रुपैँया ज्याला दिनु पर्छ । बेतनीसम्म गाडी पुगेको छ । मकै, आलुफल्ने भएकाले चामल किन्नुको बाध्यता छ । घरयासी सामाना बोकाएरै लैजानु पर्छ । घरहरु सफा चिटिक्क छन् । ट्वाईलेट, बार्थरुम छन् । घर बनाउन चाहिने सामाग्रिहरु बोकेरै पु¥याएका हुन । देशले, सरकारले कमैमात्र देखेको यहाँको बासिन्दाहरु गुनासो पोख्छन तर निराशा पटक्कै छैन । बर्मे अहिले विकास कुरीरहेको स्थानियहरु बताउँछन । अगाडी निक्कै अग्ला र भिराला पहाड छन्, मानौ केहि अडिदैन तर यहि भेडाबाख्रा चरिरहेको देखिन्छन । सानो तर चिटिक्कको गाँउ बर्मे विकास, उन्नतीका लागि संर्घषरत देखिन्छ । पहाडको लेकाली बस्तीको रुपमा रहेको छ । यहाँका बासिन्दा कृषि र पशुपालनमा आश्रित छन् ।
बर्मेमा जम्मा १६ घर छन् । यो ठाँउलाई साविक फलैचा गाविसको १० नम्बर वार्ड भनेर चित्रित समेत गरीन्छ । यसैले पुष्टि गर्छ बर्मे कति टाढा र कति फरक छ भनेर । ‘अनकङटार भएपनि यतै बसियो आनन्द लाग्छ, विकटताले शिक्षा, स्वास्थ्य लगायतमा असुविधा छ । तर यहि उकाली ओरालीहरुमा रमाउन सकेका छौँ’ भटराई भन्छन् ‘गाँउको विकासका लागि मिलेर काम गरीरहेका छौँ । सरकारको आँखा यहाँ पुग्न सकेन ।’हुनपनि यहाँ सरकारको उपस्थीति विरलै भेटिन्छ । गाँउलेहरु विजुली, झोलुङ्गेपुल, विद्यालय, खानेपानीका लागि निक्कै मेहनत गरेको देखिन्छ । सामुहिक कामका लागि ज¥याकजुरुक उठ्दा रहेछन् । युवाहरुले गाँउमा निक्कै गतिलो काध थापेको देखिन्छ । विहे, भोज, सुख दुखमा एकैठाँउ भेला हुन्छ । अ‍ैचोपैचो, अर्मपर्म गर्ने चलन छ । १६ घर मध्ये १० घर राई, ५ घर भटराई र १ घर छन् । केहि विदेशिएका छन् त केहि यतै रमाएका देखिन्छ । सस्कृति अन्तरघुलन भएको छ । परम्परा जोगाएर राखेका छन् ।
बर्मे पोखरी फुटेर पहिरो चलाएकाले यो ठाँउको नाम बर्मे भएको किनवदन्ती रहेको भटराईले बताए । हजुरबा पुस्तावट यहाँ बस्ती बस्न थालेको उनले सुनाए । गोठ पाल्दै ल्याउने क्रममा पुर्खाहरुले यहाँ बस्ती बसाएको उनको भनाई रहेको छ ।

विकासमा एकजुट
यहाँको बर्मे र इवा खोलामा झोलुङ पुल बनाईएको छ । सरकारले बनाईदिएपनि पाँच घण्टा टाढाबाट पुलका समाना बोकेर लगिएको हो । लामबद्ध भएर युवाहरुले लठ्ठा बोकेको अहिले सम्झन्छन् । उकालोमा यो लठ्ठा कसरी ल्याए होला सम्झीदा सिरिङ हुन्छ । ‘लामो लठ्ठा एकै पल्ट बाकेर लैजादा निक्कै कठिन भएको थियो’ स्थानिय युवा बुद्धि राई सम्झन्छन ‘हामि मिलेर काम गरीरहेका छौँ ।’ ताप्लेजुङको कालीखोलाको लद्युजलविद्युत आयोजनाबाट विद्युत ल्याउन १ सय २० दिन श्रमदान गरेका छन । लद्युजलविद्यत प्रणालिका लागि दरवीलो काध थापेर सामान ओसारेका रहेछन् । विजुली ल्याउनका लागि १७ हजारको दरले हरेक घरबाट रकम संकलन गरीएको श्रीमान भटराईले सुनाए । रुखहरु काटेर खम्बाबनाईएको छ । कतैत रुखमै तार अड्याईएको देखिन्छ । झण्डै चारकिलोमीटर टाढाबाट विजुली ल्याईएको छ । खानेपानी आफ्नौ प्रयासमा जुटाईएको स्थानिय बताउँछन् । खेलमैदान, गोरेटो, घोरेटो लगायतको विकासमा यहाँका वासिन्दा एकजुट भएर लाग्ने गरेको भटराईले बताए ।

जैविक विविधताको धनी
तल इवा र बर्मे निक्कै कञ्चन बगेको देखिन्छ । इवाखोला तिम्बु पोखरी देखि आएको हो । अग्ला डाँडाहरुले घेरीएको बर्षे खोला छेउमा छ । बनजंगल प्रसस्तछन् । हरियाली मस्त बाटाहरु छन् । छागा, छहराको धनि छ बर्मे । चर्चीत तिम्बु पोखरी जाने एक तर्फको बेस क्याम्प हो यहाँ । यहाँ भएर तिम्बुपोखरी आउनेलाई लैजाने यहाँको बासिन्दाको सपना छ । होमस्टेको विकासका लागि सहयोगीको आशा गरेका छन् । यहि ठाँउमा जैविक मार्गको विकास गर्नका लागि गाँउपालिकाले पनि चासो देखाएको छ । केहि घोरेटोबाटो समेत निर्माण भएको छ । यो बस्ती आफै नौलो लाग्छ । प्रकृतिले दिएको उपहार समेत उत्तिकै पाईन्छ । जरिवुटि तथा अन्य जैविक विविधता धनि भएकाले जैविक पदामार्ग विकास लागि पहल आवश्यक रहेको उच्च पहाडी क्षेत्रमा संरक्षणमा क्रियाशिल दिप ज्योती युवा क्लवका कार्यकारी निर्देशक सुनिल वान्तवा बताउँछन् । ठाँउ एकदम कुमारी छ । बन्यजन्तूहरु छन् । रेडपाण्डा पाईन्छ । पुराना पुराना रुखहरु आर्कषक लाग्छन् ।

पशुपालन र कृषि
गोठ पाल्ने चलनले यहाँ बस्ती विस्तार भएको पाईन्छ । यहाँका वासिन्दाको प्रमुख आम्दानीको स्रोत पशुपालन र खेतीपाती हो । मकै र आलु प्रसस्त खेती हुन्छ । तरकारी पनि खेती गरेका छन् । तर यहाँ उत्पादन हुने कृषि उपच विक्रि हुदैन । तरकारी खेती गर्न उत्साहित भएपनि यातायात असुविधाले विक्रि गर्न नपाईएको उनीहरुको गुनासो रहेको छ । यहाँका हरेले गोठ पालेका छन् । चौरी, उराङ, गाई तथा भेडी गोठ रहेका छन् । गाँउमा गाईगोठ छ भने माथिडाँडामा चौरी गोठ पालेका छन् । कोठमा काम गर्ने राखेर तथा आफै बसेर गोठ सञ्चालन गर्ने गरेको पाईन्छ । बर्मे बाहेक यहाँका बासिन्दाहरुको पहाडेमेगु, गहिरीबास, फलेके लगायतका ठाँउमा गोठ रहेको छ । घरमा गाई प्रसस्तपालिएको छ । ध्यू र छुर्पि उत्पादन हुन्छ । विक्रि गर्न पनि सहज भएको बताईन्छ । चौरी पाल्नेहरुको आर्थिक आम्दानी निक्कै राम्रो हुने गरेको छ । बाख्रा पहाडका भित्तामा चरीरहेको देखिन्छ । भालु लगायतका जंगली जनावारले हैरान पर्ने गरेको ठम्बर राईले समस्या सुनाए । पुस्तौनी देखि पशुपालन गरीएको उनको भनाई रहेको छ ।

सडकको सपना
बर्मेवासिको ठुलो सपना सडकको रहको छ । सडक पुगे आघि समस्या सुल्झने उनीहरुको अपेक्षा रहेको छ । स्थानिय सरकार गाँउपालिकाको ढोका ढंकढकाएका छन् । नेताहरुलाई सयौँ पटक भनिसके तर भएको छैन । वेतेनी आएको सडक बर्मे लैजाने योजना छ । द्वन्द्वको समयमा गोरुवाले पुगेर सडक खन्न श्रमदान गरे । त्यो श्रमदानले बर्मेसँग कुने साइनो राख्दैन । बर्मेसम्म गाडी चढेर आउने, समान ल्याउने सपना सुनाउछन फर्समान प्याकुरेल । गाँउमा फलाएको विक्ने र सहजै चामल लगायतका सामान आउने उनको भनाई छ । यसपालि गाँउपालिकाबाट राम्रै रकम पाउने आशा छ । गाडी पु¥याउने सपना निक्कै ठुलो सपना हो यहाँका लागि । अग्ला, चट्टा युक्त पहाड छिचोलेर सडक पु¥याउन निक्कै कठिन देखिने छ । तर स्थानियहरु मेहेनत गर्न तयार देखिएका छन् । यहाँको उत्साह देख्दा लाग्छ केहि बर्षपछि यहाँ सडक पुग्ने छ । कुमारी पहाडमा स्काईवटेरले राज गर्ने छ । अनि रुखकाटेर गोलिया विक्रि ह्वातै हुने छ । यहाँभन्दा माथि बस्ती नभई गोठमात्र भएकाले यहाँभन्दा माथि सडक जान नदिएर जैविक विविधता जोगाउने स्थानियको दाबि रहेको छ ।

शिक्षा स्वास्थ्यमा सकस
यहाँ विरामी हुदा सिटामोल खानपनि वेतेनीमा रहेको स्वास्थ्य केन्द्र पुग्नु पर्ने हुन्छ । जरिवुटि तथा धामिझाक्रि पहिलो उपचार हो यहाँको हो । विरामीलाई बोकेर ल्याउने बाटो पनि सहज छैन । भिरालोबाटोमा विरामी ल्याउनु पर्ने हुन्छ । विरामीलाई पाँचथर जिल्ला अस्पताल ल्याईपु¥याउन एक दिनमा सम्भव हुदैन । स्वास्थ्य, शिक्षा, खानेपानी तथा सञ्चारमा निक्कै पछि परेको स्थानिय दिप राई बताउँछन् । सडक बनेदेखि यि समस्याहरु कम हुदै जाने उनको बुझाई छ । यहाँका कक्षा–५ सम्ममात्र पढाई हुन्छ । तिम्बुपोखरी आधारभुत विद्यालय रहेको छ । यहाँ अहिले १२ जनामात्र विद्यार्थी रहेको प्रध्यानाध्यापक हेमकला बस्नेतले बताईन । पाँच कक्षा पछि च्याङ्थापु वा नाम्रेकमा डेरा बसेर बढ्नु पर्ने बाध्यता रहेको छ । कतिपयलेविचैमा स्कुल समेत छाड्न । साना नानीहरुलाई डेरा राखेर पढाउनुपर्दा राम्रो गर्न नसकेको अवस्था समेत रहेको छ । विद्यालय व्यवस्थापना समितिका अध्यक्ष समेत रहेको दिप राईले भने ‘सरकार विद्यार्थी कम भए भन्छ । भएको थोरै सुविधासमेत काट्न खोज्छ । गाँउनै यत्रो छ, कहाँवाट धेरै विद्यार्थी ल्याउनु ।’

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी