BSC FM live


आगामी बर्षका लागि धमाधम योजना


टुडे संवाददाता/ पाँचथर ,०३ जेठ

पाँचथरको उत्तरी याङवरक गाउँपालिको केन्द्रबाट करिव ३० किलोमिटरको दुरीमा पर्छ वडा नम्बर १ को कार्यालय । गाउँपालिकाको केन्द्रबाट त्यहाँ सम्म पुगेर आगामी ५ बर्षका लागि योजना बनाईएको छ ।
हामी बिचमा यो दुई बर्ष करिव अन्योलमा थियौँ । गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले भने–हामी पञ्चबर्षिय योजना बनाउँदै छौ । यस्ले आगामी ५ बर्षमा गाउँपालिकाको अवस्था कस्तो हुन्छ भन्ने तय हुनेछ ।
जिल्लाका धेरै गाउँपालिकाले त्यस्ता योजना बनाउन सकेका छैनन । याङवरक गाउँपालिकाले ६ वटा बिषयगत समिति सहित १ निर्देशक समिति समेत निर्माण गरेर काम अगाडी बढाएको छ । आर्थिक समिति, सामाजिक समिति, भौतिक समिति, वातावरण तथा बिपत ब्यवस्थापन समिति, संस्थागत सुधार समिति र बित्तिय ब्यवस्थापन समिति निर्माण गरेर काम भइरहेको छ ।
ती सबैको नियन्त्रणका लागि निर्देशक समिति समेत निर्माण भएको छ । उपध्यक्ष कमलकुमारी योङहाङको संयोजकत्वमा बनेको निर्देशक समितिले आम नागरिकका योजनालाई कार्यान्वयनमा लैजाने बताइएको छ ।
यस्तो अभ्यास देशमै नयाँ हो । यो तरिका अनुसार टोल, बस्ति, वडा हुँदै गाउँपालिका (गाउँसभा) मा पुग्ने गर्छन । बजेट बनाउने तथा प्राथमिकता तय गर्ने सामान्य लाईन पनि त्यही हो । तर याङवरकमा गरिएको अभ्यास सिधा नागरिकसंग पुगेर गरिएको छ । गाउँबासीका सबै योजना एक पटक केन्द्रमा पुग्छन । त्यसमा प्राथमिकताका आधारमा तिनलाई छुट्याइन्छ ।
जिल्लाको याङवरक जस्तै अरु सात स्थानीय सरकार पनि यतिखेर आगामी आर्थिक बर्षका लागि योजना छनौट गर्ने तयारीमा छन । राजस्व परामर्स समितिले दिएको सुझाव पछि सामानय तया बजेट र योजनाको काम सुरु हुन्छ । त्यसका लागि जेठ महिना भर काम हुनेछ ।
जेठ महिनामा आगामी बर्ष के गर्ने भन्ने तय हुन्छ । अरु भन्दा फरक तरिका नभए पनि दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिकाले पनि काम थालेको छ । राजस्व परामर्स समितिको बैठकबाट आएका सुझावलाइ समेटेर आगामी बर्षको बजेट र योजना प्रक्षेपण हुन्छ । यो महिना हामी सोही काममा हुने छौ । गाउँपाकिलाका प्रमुख प्रसासकीय अधिकृत कमल भट्राइले भने–अहिले छानिएका योजनाले आगामी १ बर्ष गर्ने कामको निर्कियोल गर्नेछ ।
जिल्लाका अन्य स्थानीय तह पनि सोही अनुसारको योजन बनाउने तयारीमा छन । योजना र बजेट बनाउने तरिका फरक अपनाइए पनि सबै स्थानीय तहले नागरिकका मागमा गम्भिर रहने बताएका छन । स्थानीय तह मै सिंहदरबारका अधिकार आए पछि त्यसलाई सदुपयोग गर्नेमा जनप्रतिनिधिको दबी रहँदैआएको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी