BSC FM live


आगलागीबाट २० लाख रुपैयाको क्षति


पाँचथर,वैशाख ३१,

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १२ नाँगिनमा एक ब्यक्तिको घरमा लागेको आगलागीबाट आज घर पूर्ण रुपमा ध्वस्त भएको छ ।

स्थानिय झुमनाथ चापागाईको घर आगलागी हुँदा २० लाख रुपैँया बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट अन्नपात,सुनचाँदी,लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको स्थानिय दिलिप चापागाईले बताउनुभयो ।

विधुत सर्ट भई दिउँसो १२ बजेको लागेको आगो ४ घण्टा पछि प्रहरी चौकी नाँगिन र स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल कुमार पौडेलले बताउनुभयो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी