BSC FM live


माईपोखरीमा निम्तो


टुडे संवाददाता/  इलाम, ३१ बैशाख

गुराँस फूल्न थाल्दै गर्दा पहाडका बस्तीमा फरक चमक आउछ । यहिबेला हामि इलामको माईपोखरी पुगेका थियौ । फाल्गुनको पहिलो हप्ता भएपनि चिसोले छाडेको थिएन । माथि डाँडाहरु (सन्तकपुर, आहाल ) तिर हिउँले छोपेको देखिन्थ्यो । सन्दकपुर गाँउपालिका–३ मा पर्ने माईपोखरीको देउरालीका बस्तीहरुको दृष्य निहाल्दै थियौँ ।
यहाँका ग्रामिण वस्तीहरु हिँउदमा पनि फूरुङ्ग उडेका देखिदैनन् । गुराँस र चाप फूलेको मौसम पर्यो यो । तेसोत आरु फूल्न थालेपछि खेतीपातीको सिजनको रुपमा लिइन्छ । जिपबाट फुत्त निस्किएपछि पहाडका उकालो– ओरालोमा विस्तारै सुसेला हान्दै हिड्नुका मज्जा लियौँ । बारीका गराहरु खेती लगाउनकालागि तयार देखिन्थे । कतै सागका बोटहरु फस्टाएका थिए । जस्ता, काठ र ढुंगा–माटो मिलाएर बनाइएका घरका अगाडी फुलवारी सजाइएको भेटिन्थ्यो । बर्खायामलाई जोहो गर्दै दाउराका हार मिलाएर राखिएको थियो ।
चिसो सिरेटोलाई हिउँको सास भन्दै साथीहरु टिप्पणी गर्थे । गुराँसको रुखसँग केहि चरणको सेल्फि हान्नै पर्यो । हामिलाई सोमवहादुर राईको घरमा लगियो । ढुंगालाई मिलाएर अनेकन आकृती बनाइएको रहेछ । फुल उत्तिकै आर्कषक गरी सजाईएको । घरको सरचना पनि आर्कषक लाग्ने । यहिनेर भेला भएका थिए माईपोखरी देउराली सामुदायिक होमस्टेका सञ्चालहरु । उनीहरुले गुराँस र चाँपको फूलको माला लगाएर आत्मीय स्वागत गरे । होमस्टे सञ्चालनको प्रारम्भ गरेपनि उलेख्य पर्यटकहरु आईनसकेको अवस्था रहेछ । गाँउमा नौँ घरमा एकैपल्ट ५० जना बस्न मिल्ने होमस्टे सञ्चालनमा ल्याईएको रहेछ ।
हामिलाई यो क्षेत्रको भ्रमण र होमस्टे अवलोकनलाई कञ्चजंघा भुपरिधि संरक्षण तथा विकास पहल कार्यक्रले त्यहा पु¥याएको थियो । नेपाल सरकारका बन क्षेत्रका कर्मचारी, इलाम, पाँचथर र ताप्लेजुङका पत्रकार र कार्यक्रमसँग सम्बन्धित अन्य व्याक्तिहरु हुनुहुन्थ्यो । अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को संयोजनमा त्रिभुवन विश्व विद्यालय व्यवहारीक विज्ञान तथा प्रविधि अध्ययन केन्द्र (रिकाष्ट)ले होमस्टेको विकासका लागि तालिम, अवलोकन भ्रमण तथा प्राविधिक सिप प्रदान गुर्नकोसाथै प्रवद्र्धनको काम गरेको रहेछ ।
हामिलाई मकै, भटमास, गुन्द्रुकको झोल, रोटी र चिया खुवाईयो । चिसो र भोकले सताएको बेला ढुलो राहत भयो । घरको आगनको एक कुनामा आगोबालीयो । चिसोलाई भगाउदै आगो तापेर होमस्टे सञ्चालनका सन्र्दभमा स्थानियको निक्कै उत्साहप्रद कुराकानी सुनियो । विशेष गरी माईपोखरी आउने पर्यटकलाई लक्षित गरेर होमस्टेको विकास गरीएको रहेछ । सन्दकपुर, टोड्के झरना, ग्रामिण जनजीवनमा रमाउन आउने र जैविक विविधितको अध्ययनमा आउनेलाई लक्षित गरी होमस्टेको विकास गरीएको रहेछ ।
रामसार क्षेत्रमा सूचिकृत माईपोखरीमा बर्षेनी ठुलोसंख्यामा घुम्नेहरु आउँछन् । सन्दकपुर जानेबाटो यहि पर्छ । त्यसोत टोड्के झरना, अन्य प्राकृतिसम्पदा र सस्कृतीले यो क्षेत्र धनि रहेछ । चोयाटार तथा आगेथाम साुमदायि बन क्षेत्र रेडपाण्डाका लागि प्रख्यात रहेछन् । सस्थाका संस्थापक अध्यक्ष जीवन शिवा र सस्थाकी सचिव लिलादेवि भट्राईले होमस्टे सञ्चालनका बारे जानकारी गराए । पारिवारीक वातावरण भएको उनीहरुको भनाई थियो । होमस्टेको काम थालेको तीन बर्ष भएको रहेछ । प्राकृतिक अवस्था, होमस्टेको महत्व र आवश्यकताबारे रिकाष्टका कार्यक्रम संयोजक डा . यादव उप्रेतीले जानकारी दिए । अगेनछेउको अन्तक्र्रिया सकिदा दश बजेको थियो । खाना त्यहि खायौँ । छरिएर होमस्टेमा सुत्यो । पर्यटकमैत्री बनाएको रहेको रहेछ ।
विहान घुम्ने कार्यक्रम थियो । विहान सात खाल्डे गयौँ । जहाँ २०१९ सालमा तत्कालिन सात जना मुक्ति सेनालाई हत्या गरी पुरीएको ठाँउ रहेछ । यहाँ शहिदपार्क बनाएको रहेछ । एकछिन माइपोखरी आसपासका बजार र गाँउ डुल्यौँ । आफ्ना कलिला नानीहर बम आक्रमणमा परि मृत्यु भएको वियोगमा डम्बर सिंह सुनुवारले स्मृतिका स्वरुप विभिन्न चित्र कोरेका रहेछन् । उनले छोराछोरीका साथै भवनको नक्सा ढुंगामा कोरेका रहेछन् । एकछिन हेर्यौ र सुनुवारसँग बातमार्यौ । उनले बनाएर संरचनाको सरक्षण गर्न जरुरी देखियो । अनि माईपोखरी घुम्न लाग्यौँ । माईपोखरीको नौँवटा कुना रहको छ । यहाँ घुम्ने तथा पुँजापाठगर्नेहरु उत्तिकै देखिन्थे । चिसोलाई प्रभाह नगरी बनक्षेत्र, माईपोखरीको दृष्यमा रमायौँ । सुनाखरीको नर्सरी रहेछ । अन्य संरचनासमेत आर्कषक लाग्ने । माईपोखरी घुमिसकेर फेरी होमस्मेटमा आयौँ । आत्मिय स्वागतमात्र पाएनौँ फेरी दाहो¥याएर पुग्ने रहर पनि जाग्यो । विदामा फेरी गुराँसको फूल पाईयो । दिन ढल्कन खोज्दा हामिले बिदाईको हात हल्लायौँ ।
माईपोखरीको महिमा
माईपोखरी पूर्वको चर्चित गन्तव्य हो । यहाँ बर्षेनी ठुलो संख्यामा पुँजा पाठ गर्ने, घुम्ने तथा जैविक विविधताको अध्यन गर्नेहरु आउछन् । यहाँ केहि होटल छन् तर मान्छेले बस्ने ठाँउ नपाउने समस्या हुन्छ । यहि समस्यादेखेर होमस्टे प्रारम्भ गरीएको संस्थापक अध्यक्ष जिवन शिवा बताउँछन् ।
माईपोखरी बन्यजन्तू, वनस्पती, धर्मसंस्कृति र सौन्दर्यताले भरिपूर्ण छ । यो ठाँउ समुद्र सतहदेखि २ हजार १ सय २१ मीटर उचाई मा छ । ९० हेक्टरमा फैलिएको माईपोखरीको जलाशय १ दशमलव ८५ हेक्टर रहेको छ । माईपोखरीलाई हिमालयको उत्पतीसँग जोडेर हेरीन्छ । यहाँ घुम्नका लागि चैतदेखि जेठ र कार्तिक–मंसिर उपयुक्त मानिन्छ । बैज्ञानि अनुसन्धान अनुसार २ सय ३१ प्रजातिका वनस्पती पाईन्छ । तीन प्रजातीका चाँप र पाँच प्रकारका गुराँस पाईन्छ । नेपालमामात्र पाईने गलैची झ्याउ य हाँ पाईन्छ । सुनाखरी लगायतका वनस्पती पाईन े गर्छ । अध्ययनहरु अनुसार यहाँँ जलचर, उभयचर र स्थलचर प्राणीहरुको प्राकृतिक वासस्थान छ । ३ प्रजातीका माछा, ६ प्रजातिका उभयचर, १२ प्रजातीको सरीसृृप र १४ प्रजातीका स्तनधारी पाईन्छ । यो उपत्यका ३ सय प्रजातीका पंक्षीहरुको अभिलेख भएको पाईन्छ । धार्मिक रुपमा माईपोखरी चर्चित छ । नौ कुने पोखरीमा प्रत्येक कुनमा भगवतीको बासस्थान रहेको जनविश्वास पाईन्छ । यहाँ पुँजापाठ गर्ने, लक्ष हवन गर्ने परम्परा समे त रहेका पाईन्छ ।
यो क्षेत्र धार्मिक आस्थावान, प्रकृतिप्रेमी, अनुसन्धाकर्ता, घुमन्तेहरुका लागि आर्कषक ठाँउ हो । मेची राजमार्गको विब्ल्याटेबाट गाडी जान्छ । गाडी पाउन कठिन छैन । यहाँ खान, बस्नपनि सस्तो छ । आत्मिय स्वागत यहाँको विशेषता हो । केहि दिन विदा मनाउन चाहानेपनि यो ठाँउ रोजे हुन्छ । आउनुस माईपोखरी क्षेत्र घुमौँ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी