BSC FM live


समर्पण र समर्पण


  • यशोदा राई

कसरी कहाँबाट शुरु गरुँ ? कि, उहाँ को हो ? र कस्तो हुनुहुन्थ्यो ? भनेर । धेरै व्यक्तिहरुको जीवनी पढियो । उहाँ एस्तो हुनुहुन्थ्यो । एस्तो कार्यमा, यति समय यसरी संघर्ष गरे भनेर । तर फिदिम नगरपालिका – ३ (लालीखर्क) बस्ने श्री गोपाल राई साँच्चिकै यस्ता व्यक्ति हुनुहुन्थ्यो, उहाँले के कस्ता कार्यमा ? के कति समय बिताउनु भयो, बिताउनु हुन्थ्यो ? त्यसैमा आउँदैछु । कसैले लेखेको, कसैको जीवनी पढ्दा भन्दा आफैंले प्रत्यक्ष देखेको, सँगै हातेमालो गरी अगाडि बढेको साँच्चिकै अर्कै किसिमको महसुस हुदो रहेछ । कसैले लेखेको र कसैले सुनाको जीवनीले त कति मन छुन्छ भने झन आफैंले लेख्नु पर्दा मर्माहत भइन्दो रहेछ नै ।
साइनाले उहाँ (गोपाल राई) मेरो मामा । तर मलाई शिक्षण गर्नु भएकोले मेरो गुरु साथै गाउँ समाजमा सँगै हातेमालो गरी अगाडि बढेको कारण उहाँ मेरो साथी सो सरह हुनुहुन्थ्यो । साइनोको वास्ता मलाइ कहिल्यै भएन र उहाँले पनि त्यस्तो अनुभूति कहिल्यै गराउनु भएन । उहाँले मलाई मात्र नभएर गाउँ, समाजका सबै साना केटाकेटी देखि बुढाबुढीसम्मका सम्पूर्ण व्यक्तिहरुलाई उमेर अनुसारको व्यवहार गर्नु हुन्थ्यो । उहाँका कामले, उहाँका नामले, उहाँका व्यवहारले बच्चा देखि बृद्धसम्मको मन मस्तिष्कमा सजिइ रहनु भएको छ । म कक्षा ६ मा पढ्दाबाट थाहा छ कि उहाँको साथ, सहयोग रहीरह्यो । विद्यालयमा उहाँको एक दिनको अनुपस्थितिले नि हामीलाई केही अधूरो, अपूरोको आभाष हुन्थ्यो ।
श्री जनकल्याण मा. वि. फिदिम – ३ (लालीखर्क) मा अध्ययनरत मेरो सहपाठी मात्र नभएर अघिल्लो व्याजकाहरु, पछिल्लो व्याजकाहरु, विद्यालयका सम्पूर्ण परिवार साथै गाउँ, समाजका मानिसहरुलाई जस्तो आपत विपत परे तापनि आफ्नै, आफुमा नै आइ परेको जस्तो गरी समाधानको उपाय खोज्ने र पिडित पक्षलाई सधैं आत्मबल दरो पारि अघि बढ्न प्रेरित गराउनु भएको आँखामा झलझली आइरहेको छ । उहाँले मलाई कक्षा ६ मा पढ्दाबाट नै पढ्ने तरिकाहरु दिनु हुन्थ्यो । मैले उहाँलाई कसरी पढ्नु पर्छ ? कसरी बोल्नु पर्छ ? मलाई अगाडि गएर बोल्न साह्रै मन पर्छ, भन्दा उहाँले मलाई यसो भनी सम्झाउनु भएको थियो –‘यशोदा, सबैको दिमाग एउटै हुन्छ, कक्षामा प्रथम, द्वितीय, तृतीय हुनेहरुको साथै अरु सबैको दिमाग एउटै हुन्छ । तर मेहनत गराईमा भर पर्छ । तिमीले पनि मेहनत ग¥यो भने उनीहरु भन्दा बुद्धिमानी  हुन सक्छौ’ भन्नु भयो । उहाँले भाषणको सम्बन्धमा –‘सर्वप्रथम त कुन बिषयमा गर्ने हो ? त्यसको बारेमा राम्रो थाहा हुन जरुरी हुन्छ, त्यसपछि सम्बोधनमा ख्याल गर्नुपर्छ’ भन्नुभयो । अनि मैले भने –‘अगाडि गएर केही बोल्न सक्दिन सर, मनमा सोचेको सबै बिर्सिन्छु’ भन्दा उहाँले भन्नु भयो कि –‘सबै व्यक्ति सबै क्षेत्रमा सफल कोही हुदैनन् । सबै कुरा गर्दै जाँदा अनि भोग्दै जाँदा हुदै जाने हो । तिमी घाँस काट्न जाँदा हँसियाको बेडलाई माइक्रोफोन सम्झी मकैको बोट अथवा रुखहरुलाई अतिथि तथा श्रोताहरु सम्झी बोल्ने अभ्यास  गर’ भन्नु हुन्थ्यो । विद्यालयका हरेक अतिरिक्त क्रियाकलापमा सधैं सक्रिय भइ हामीलाई पूर्व तयारी गराई राष्ट्रपति रनिङ शिल्डमा लगातार ३ बर्ष सहभागी  गराउनु भयो । गाउँको विकाशको लागि, संघ संस्थाको लागि सधैं दिन रात नभनी, भोक तिर्खा नभनी अगाडि बढ्नु हुन्थ्यो । समय बित्दै जाँदा कक्षा ९ पास गरी कक्षा १० को शुरुवातमा नै ‘अब यो भन्दा अगाडि कस्तो पढ्यौ ? कतिले राम्रो अंक ल्याइ पास ग¥यौ ? कतिको सामान्य, काम चलाउ छ । अब यस्तो पढाइले हुदैन । तिमीहरुले बेलैबाट मेहनत गरी पढ । एसएलसी फस्ट डिभिजनमा पास गर्नुपर्छ । यो भन्दा अगाडिका दुइ व्याजले पनि फस्ट डिभिजनमा पास गरेका छन् । तिमीहरुप्रति हामी सबै शिक्षकहरुले पनि आशा, भरोसा गरेका छौं’ भन्नु भयो । तर परिक्षामा हामी कसैले पनि प्रथम श्रेणीमा पास गर्न सकेनौं । तर नि त्यस्तो केही नकारात्मक सोच लिनु भएन । +२ मा राम्ररी पढ भन्नु हुन्थ्यो । एसएलसी पास गरेर फिदिम पढ्न आउने बेलामा ‘जातिय संगठनको लागि सगुन सुसारा दाइहरुसँग भेट गर्नु, समय मिलेको बेलामा’ भन्नु भएको थियो । गाउँघरमा, संघ संस्था चलाउन परेमा, केही कार्यक्रमहरु गर्नु परेमा, अप्ठ्यारा परिस्थितिहरु आइ परेमा, फोन गरेर सोध्दा होस या भेटेर, पुगेर समाधान गर्नु हुन्थ्यो । गाउँघरमा दुःख, बिराम होस या अरु कुनै आपत विपतमा होस पोलि रहेको घाउको मलम सो सरह अघि बढेको अहिले जस्तो लाग्छ । गोपल सर, तपाइँ र मेरो मामुको त भावीले छैठौं दिनमा एउटै तरिकाले मृत्यु होस भनी लेखी दिएको रहेछ है ?
त्यो घट्ना त म कल्पना पनि गर्न सक्दिन । यसले भित्रैबाट श्वास प्रश्वास रोक्न खोजेको अनुभूति हुन्छ । तर के गर्ने र ‘खानु हार, दैव नटार’ भने झैं भयो । मेरो मामुले नि यो समाजमा केही न केही योगदान गर्नु भएको थियो । के गर्नु र हाम्रो भाग्यमा नै यस्तो लेखेको रहेछ । हामीबाट मेरी मामु पनि टाढा जानु भयो । त्यसपछि म राना बिनाको माहुरी सरह भएको छु । मेरो हरेक दुःख सुख पोख्ने ठाउँ भनेकै मामु हुनुहुन्थ्यो । ‘मामु’ शब्द साँच्चि कै कति महान हुन्छ ? म त वर्णन गर्नै सक्दिन गोपाल सर । तपाइँले विद्यालयमा मलाई सिफारिस गरिदिनु हुँदा साँच्चि होला मेरो मामु कति खुशी हुनु भएको थियो ? आमाको मन, छोराछोरी आफ्नै आँखा वरिपरि सधैं भइ रहेहुन्थ्यो भन्ने लाग्छ । त्यसै गरी म नि मामुको प्यारी एक मात्र छोरी त्यसैले पनि होला म त्यहाँ विद्यालयमा पढाउने भए पछि त म मामुको सामु नै भइ रहन्थेँ । त्यस माथि १÷२ पैसा कमाउन सक्नेँ भएँ भनेर पनि गोपाल सर तपाइँसँग एक पटक मेरो भावनाको कुरा, एक दिन राम्ररी भन्छु भनेर नि सोचेँ । मोवाइलमा क्ःक् गरुँ कि पनि सोचेँ । फोनमा भो भनुँ कि सोचेँ । हैन, प्रत्यक्ष जस्तो हुदैन भनेर एक दिन राम्ररी कुरा गर्छु भन्दा भन्दै नियतिले कस्तो खेल खेल्यो ? तपाइँको कारणले मेरो अरु परिवार  त खुशी भयो या भएन थाहा छैन । खुशी नभए पनि मलाई त्यति असर पर्दैन । तर मेरो मामु चाँही असाध्यै खुशी हुनु भएको थियो । तपाइँको त्यो सिफारिसले मेरो मामुको इच्छा, आकांक्षा र घरको केही समस्याहरु समाधान गर्न सक्षम भएँ । मेरो स्नातक को पढाईलाई, व्यक्तिगत  समस्या समाधान गर्न र परिवार चलाउन सहयोग पुगेको थियो । साँच्चै होला कि संसारमा जस्तो सुकै परिस्थिति किन नआवोस ? तर यस्तो किसिमको विपत कसैको काँधमा नआवोस जस्तो लाग्छ ।
कुराहरु लेख्दै जाँदा, सोच्दै जाँदा अनगिन्ती छन् जुन न त लेखेर नै सक्छु । न त सम्झेर नै गोपाल सर । तपाइँसँग मैले एति कुरा गर्न पाको भए नि कति मन शान्त हुन्थ्यो होला ? मैले तपाइँको नाना तारालाई त यो कुराहरु गरेको थिएँ गोपाल सरसँग कुरा गर्नु छ भनेर । तर यस्तो हुन्छ भनेर कस्लाई के थाहा र ? मेरो मामुको केशमा पनि तपाइँ लगायत अरुले पनि कति सक्रिय भूमिका खेल्नु भयो है ? दिन रात नभनी खट्नु भयो । घरमा आएर सहानुभूति दिनु भयो । मेरो मामुलाई त्यति धेरै खुशी दिने व्यक्ति जीवनमा नै पहिलो पटक तपाइ बन्नु भयो । त्यो सानो जागिर, त्यति थोरै रकम के हो र ? जस्तो लाग्छ होला ? तर मेरो जीवनको लागि त्यो भन्दा बहुमुल्य केही छैन । जसले नै संसारको खुशी किन्न सफल भएको थिएँ । त्यसैले गोपाल सर म त हजुरलाई कहिल्यै भुल्न सक्दिन । के गर्नु र ? तपाइहरु त हाम्रो परिस्थिति देख्नु हुन्छ होला ? मेरो मामु र तपाइ सधैं खुशी हुनुहोस । हजुरहरुको स्वर्गमा बास होस । हामी सबैको अप्ठ्यारो परिस्थितिमा सधैं तपाइहरुको साथ, सहयोग रही रहेको थियो । ज्ञानको ज्योति छाइ दिनु भइको थियो । हरेक समस्यामा समाधानका उपाय सोच्ने क्षमता वृद्धि गरि दिनु भएको थियोे । र यो धर्तीमा हुँदा कसैलाई पिर्नु भएन त्यसै गरी स्वर्गमा पनि बास होस है । मेरो मामुलाई पनि सधैं खुशी बनाइ दिनु ल । के गर्नु यस्तै छ संसारको रीत । धर्तीमा पाइला टेकेपछि अघि पछि जहिल्यै भए पनि एक दिन जानै पर्ने । छन् तपाइको योगदान अनगिन्ती । लेखेर लेख्न सक्दिन । त्यसैले Forever miss you mamu and Gopal sir . Rest in peace

हजूरहरुको अभागी छोरी/भान्जी

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी