BSC FM live


अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०१९’


२७ बैशाख ,- यो वर्षको मिस नेपाल वल्र्डको उपाधि अनुष्का श्रेष्ठले जित्न सफल भएकी छिन् । बिहीबार भएको फाइनल चरणमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्का मिस नेपालको उपाधि जितेकी हुन् ।

‘अधिकार र कर्तव्यमा कुन बढी जिम्मेवारी हुन्छ भन्ने प्रश्नको  उत्कृष्ट जवाफ दिएर अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् । उनले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन् ।

अनुष्कालाई ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वर्ल्ड मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

कुन विधामा कसले जिते उपाधि ?

मिस नेपाल वल्र्ड– अनुष्का श्रेष्ठ
मिस नेपाल युनिभर्स– प्रदिप्ता अधिकारी
मिस नेपाल सुपर नेशनल– रोज लामा
मिस नेपाल अर्थ– रीया बस्नेत
मिस नेपाल इन्टरनेशनल– मीरा कक्षपति
ब्युटी विथ पर्पस– निकिता कर्माचार्य
मिस कन्फिडेन्स– निशा पाठक
पपुलर च्वाइस– रीया बस्नेत
मिस फ्यासिनो– अनुष्का श्रेष्ठ
मिस बेस्ट एथ्लेट्स– प्रदिप्ता अधिकारी

-उज्यालो

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी