BSC FM live


तेस्रो चौरी महोत्सव हुने


टुडे संवाददाता /पाँचथर, १३ चैत्र
पाँचथरको फालेलुङ गाउँपालिकाको चाररातेमा तेस्रो चौरी महोत्सव हुने भएको छ । बैशाख–१ गते चौरी महोत्सव सम्पन्न गर्नकालागि तयारी सुरु भएको छ । यसबर्षदेखि गाँउपालिका आफै मुख्य आयोजक भएर महोत्सव हुन लागेको हो ।
महोत्सव सम्पन्न गर्नकालागि १३ सदसिय मुल आयोजक समिति गठन भएको छ । गाँउपालिका प्रमुख शञ्चकुमार केरुङको अध्यक्षतमा मुल आयोजक समिति गठन भएको हो । यस्तै ८ उपसमिति बनाइएको प्रमुख प्रशासकिय अधिकृत मौसम ढुंगेलले जानकार िदिए । चौरी महोत्सवको तयारी तिव्रताका साथ अघि बढाइएको छ । पशुपालनको परम्परमा लेकाली क्षेत्रका गोठमा पालीने चोरीको संख्या घट्दै जाँदा यसको महत्वलाई उजागर गर्नका लागि भन्दै महोत्सव आयोजना गर्न लागिएको हो ।
पर्या पर्यटनलाई जोडेर उच्च पहाडी नेपाल–भारतको सिमानामा पर्ने चाररातेमा चौरी महोत्वस आयोजना गर्न लागिएको हो । नयाँ बर्षको अवसरमा २०७४ बैशाख– १ गते ३ समुद्र सतह देखि ३ हजार मीटर उचाईमा रहेको चाररातेमा महोत्स गर्न लागिएको हो । विगतमा नीजि क्षेत्रबाट महोत्सव हुँदै आएको थियो । महोत्सवको इसिमोड, रिकस्ट, रेडपाण्डा नेटवर्कले सहयोग गर्ने छन् । त चौरी सस्कृतिको प्रवद्र्धन, चौरी जन्य वस्तुको उत्पादन, प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धन गर्न भन्दै महोत्सव आयोजना गर्न लागिएको हो । बर्षेनी बैशाख– १ गतेको दिनलाई चोरी उत्सवको मनाउने योजना छ ।
नेपाल भारतको सिमानामा पाँचथर र ताप्लेजुङमा चौरी पाल्ने चलन छ । पछिल्ला दिनमा चौरी पाल्नेको संख्यामा गिरावट आहिरेको अवस्थामा महोत्सव लगाउन लागिएको हो । लेकका रमाइला फराकिला डाँडाहरुको पर्यटकिय प्रवद्र्धन गर्ने योजनासाथ महोत्सव गर्न लागिएको हो । भारतमा गोठपालन विस्तापित भएपछि नेपालमात्र चौरी पालिन्छ । जैविक विविधता संरक्षणसँगै चौरी महोत्सव तथा पर्यापर्यटको विकास गर्न लागिएको हो ।
सदरमुकाम देखि दुई दिनको सवारीयात्रमा पुगिने उच्च पहाडी क्षेत्रमा एक दिने महोत्सव हुन लागेको हो । चौरी पर्यटनको विकास, चौरीको दुधजन्य उत्पादनको आन्तरीक तथा वाह्य बजारको विस्तार, जैविक विविधताको संरक्षण गर्दै जरिवुटि उद्यान निर्माण गरी चरण क्षेत्रको दिगो व्यवस्थापनको पहल, लेकाली क्षेत्रमा पदमार्गको विकास गरी क्ररवोर्डर टुरीजम र चौरी पर्यापर्यटनको विकास गर्ने उद्देश्य महोत्सवको रहेको छ ।
चौरी सम्बन्धि विभिन्न स्टल राखिने छ । यस्तै याक राइडिङ तथा हर्स रेस प्रमुख आर्कषण हुन । चौरीजन्य परम्परागत क्रियाकलापको प्रदर्शनी, विभिन्न जातका चौरीको प्रर्दशन, जैविक विविधता संरक्षण सम्बन्धि चेतनामूलक कार्यक्रम तथा स्थानिय संस्कृति झल्काउने सास्कृतिक कार्यक्रम राखिने भएको छ । सिमा क्षेत्रमा भएकाले नेपाल तथा भारतवाट महोत्वस हेर्न आउने बताइएको छ । गुराँसको सिजनमा महोत्सव गर्न लागिएको हो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी