BSC FM live


जिल्ला कमिटी छिटै बन्छ – अइन्द्रशुन्दर नेम्बाङ


 गिरिराज बाँस्कोटा
नेपाली राजनीतिमा संबिधान निर्माणका क्रममा भुमिका निर्वाह गरेका नेकपा नेता हुन अइन्द्रशुन्दर नेम्बाङ । उनकै पहलमा नेकपा पाँचथरले स्थानीय तहको एकता प्रकृया पुरा गरेको छ । वडा र जिल्ला तहमा पनि तत्काल काम थाल्ने नेकपा पाँचथरको तयारी छ । उनै नेम्बाङसंग फिदिम टुडेका संपादक गिरिराज बाँस्कोटाले गरेको कुराकानी आजको टुडे संवादमा ।

पाँचथर जिल्लाको स्थानिय तहको एकता प्रकृया कसरी पुरा भयो ?
अलि छिटो हुनु पथ्र्यो एकता प्रकृया टुङग्याउन अलिकती ढिला भयो । त्यसमा पनि पाँचथरको सन्दर्भमा जिल्ला कमिटी घोषणा गर्न बाँकी नै छ । हामीले पत्रकार सम्मेलन मार्फत चाही नगर कमिटी र सात वटा गाउँपालिका कमिटीहरु घोषणा गर्याे । घोषणा गर्दा चाही अध्यक्ष, सचिव र सदस्यहरु सहित नगरमा ८१, गाउँपलिकामा ८५ जनाको सङख्यामा कमिटी गठन गर्याे । यस्को नियुक्ति प्रदेश पूर्व एमालेको ४ र पूर्व माओवादीको ४ गरी थियो । पछिल्लो बैठकमा सल्लाहा सुझाव अनुसार पूर्व एमालेबाट ५ र पूर्व माओवादीबाट ३ जना गरी जम्मा ८ जना सहित टुङग्याएर हामीले घोषणा गर्यौं ।
तत्कालिन नेकपा एमालेको भागमा ५ र तत्कालिन माओवादीको भागमा ३ देखिन्छ कसरी मिलाउनु भयो ?
बिशेष गरेर हरेक गाउँपालिकामा त्याँहाको सक्षम नेतृत्व पक्कै छ । त्यस मध्ये पनि कुन कुन कमरेडहरुलाई कसरी व्यावस्थापन गर्ने भन्ने छलफल भयो । त्यस पछि ठाँउलाई हेरेर भागबन्ड भन्दा पनि यो गाउँपालिकामा र नगरमा ल्याउँदा राम्रो हुन्छ भनेर नेतृत्वको भाग बन्ड गर्यौं त्यसरी हेर्दा ५ र ३ देखिएको हो ।
अध्यक्ष र सचिव हेर्दा महिला, आदिवासी सबैलाई समावेसी गरेको जस्तो देखिएन ?
नेपाल सरकारको हरेक कुरामा प्रतिशतको कुरा हुन्छ तर पर्टी संगठनको कुरामा भने यस्लाई ध्यान मात्र दिइन्छ ।
जिल्लाको नेतृत्व कस्ले गर्ने भन्ने बिषयमा कुरा के भइरहेको छ ?
एक हिसावले नेतृत्व कस्ले गर्ने भन्ने करा टुङगिसकेको छ । सार्वजानिक पनि भएको छ । लामो समय पर्खिनु पर्दैन जस्तो लाग्छ ।
नेतृत्व टुङगो लागीसकेको छ भन्नुभो ? को हो अध्यक्ष ?
हामीलाई पनि यही हो भन्ने थाहा छैन् । निर्णय भएको चाँही हो ।
वडां तह सम्मको कमिटी कहिले बन्छ ?
वडा मा पनि एक हिसावले कार्य दलले टुङगो लगाई सकेको छ । यो घोषण गर्न मात्र बाँकी छ र यसको सङख्या पनि माथी बाट नै निर्देशिकामा आईसकेको छ मलाई लाग्छ एक दुई दिनमा यस्को टुङगो लाग्नेछ । १० गतेबाट १७ गते सम्म ८ वटातहमा सपथ खुवाउने कार्यक्रम रहेको छ । त्यो समय सम्म सबै कार्य हामी टुङग्याउछौं । मलाई लाग्छ कमिटीको सङख्य पनि घोषणा गछौं ।
गाउँस्तरिय कमिटी अलि पेलेर निर्माण भयो भन्ने आरोपहरु पनि सुन्नमा आएको छ खासमा के हो यो ?
त्यसरी हामीले गरेनौं । पहिलेको कमिटीको नामावाली हेरेर छलफल गरेर नेतृत्वको कुरालाई ध्यानमा राखेर हामीले मिलाकाछौ तर सबैले कहि न कहि सबैको नेतृत्व रहेको छ अहिले नेतृत्व नपाए पनि केही समय पछि सबैले नेतृत्व पाँउनेछ् ।
कसैलाई नेतृत्व दिनमा अलि हतार गर्नुभएको हो ?
कोहि साथीहरु क्षमता भएर पनि पछि परेका छन् कोहि साथीहरु भोलिका दिनमा पार्टिलार्ई केहि गर्न सक्छन भनेर पर्टीमा परेका छन् । आउने नेतृत्वको जिम्बेवारी दिन पनि नयाँ साथीहरुलाई जिम्बेवारी दिएकाछौं । त्यस कारण हामीले योग्य र क्रियाशिल साथीहरुलाई नेतृत्व दिएका छौं ।
समग्र देशको एकता प्रकृया कहिले सम्म टुङगिएला?
हाम्रो अध्यक्ष पुष्पकमल दाहाल आउनु भएपछि यो कुरा टुङगो लाग्छ । महाधिवेशन रष्ट्रिय सम्मेलनको कुराचाहिँ कानुनमा तोकिएको समय छेउछाउ नै हुन्छ ।
दुईतीहाई प्राप्त सरकारले जनअपेक्षा अनुसारको काम गर्न सकेन । के भन्नुहुन्छ ?
द्रुत गतिमा काम भएको छ । किन भन्नुहुन्छ भने । नेपालीहरुले तुरुन्तको तुरुन्तको परिणाम खोज्यौं त्यासैले अहिले नेकपाको सरकार भएपछि धेरै काम भएको छ । अहिलेको कुरा गर्दा लोडसेडिङ अन्त्य भएको छ । त्रिभुवन विमानस्थल २४ सै घण्टा चल्ने अवश्थामा छ । पाँचथरमा हेर्दा सुख्खा ग्रस्त क्षेत्रमा मानिसले पानि खान पाएका छन् । गाउँ गाउँमा टोल—टोलमा बाटो पिच हुने कुरा बजेटको रुपमा रातो कितावमा आईसकेको छ र कामहुने अवस्थामा रहेको छ । विद्यालय स्तरमा लाखौ लाख बजेट बिनियोजन भईरहेको छ । भारतसँग जोड्ने मध्य पहाडी लोक मार्ग अन्तिम अवस्थामा पुगेको छ । तमोर कोरिडोर द्रुत गतिमा काम भइरहेको छ । बसै क्षेत्रमा पहिले भन्दा धेरै काम भईरहेको छ । परिणामुखि कामहरु भईरहेको छ । तराइमा रेलको काम भईरहेको छ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अन्तिममा के भन्न चाहान्छु भने जिल्ला कमिटी छिटै बन्छ । सपथ हामी यही १० गतेबाट घुरबिसेबाट सरु गछौं । त्यस पछि क्रमस हुन्छ । १७ गते सम्ममा हामी यो काम सम्पन्न गछौं । त्यो समय सम्म वडाको पनि अध्यक्ष, सचिव घोषणा गछौ । समग्रमा ७÷८ दिनमा सबै काम गरिसक्छौ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी