BSC FM live


अभिभावक, शिक्षक र विद्यार्थी सबैको सहकार्य आवश्यक छ-शान्ता गौतम


भावना दुलाल

निकै लामो समय साहित्यक्षेत्र र शिक्षाको क्षेत्रमा आफ्नो जीवन समर्पण गर्नु भएकी साहित्यकार तथा शिक्षिका शान्ता गौतमसंग फिदिम टुडे दैनिकका लागी पत्रकार भावना दुलालले गरेको कुराकानीको अंशः

अहिले तपाई के गर्दै हुनुहुन्छ ?
अहिलेको समयमा फुर्सद त पक्कै छैन् म जसरी भए पनि जीवनलाई व्यस्त राख्नुपर्छ भन्ने मान्यताका साथ सामाजिक काम गरिरहेको छु । सेवाको क्षेत्रमापनि म लागी राखेको छु । साहित्यीक क्षेत्र लगायत जीवनलाई रुपान्तरण गर्नको लागी योग क्षेत्र समेत अनिवार्य आवश्यकता देखिएको छ । जस्तो हाम्रो गाउँठाउँ र अशक्त र रोगी व्यक्तिहरु जब रोगको कारणले गर्दा दुखित भई राखेको अवस्थामा यहाँहरुको जीवन स्वास्थ तरिकाले बिताउनु पर्छ भनेर सहयोग गर्न योग क्षेत्रमा निरन्तर लागीरहेको छु । विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेका छांै ।

४० वर्ष सम्म विद्यार्थीहरुलाई शिक्षा दिनुभयो कस्तो छ यहाँको अनुभव ?
बालबालीकाको मनोभावनालाई टपक्क टिपेर एउटा बाल साहित्यतर्फ बढि रुची राख्दा राख्दै कक्षा २ को कक्षा गतगीत लेखेर सहगोग गरिदिन एउटा बिज्ञापनको आह्वान भयो । कक्षा २ को कक्षागतगीत खडग् बोहोरा भाई र म हामी २ जनाले तयार गरेर काठमाण्डौ पठायौं । त्यो गीत पछिगएर छनौट भएछ र अहिले पनिकक्षा २ को साना साना फूलका कोपिला भन्ने कक्षागत गीत अहिले सम्म चलिरहेको छ ।

साहित्यमा कहिलेबाट लाग्नु भयो ?
विद्यालय पढ्दा देखिनै रुचि राख्थें, कसैले गर्यो भने नक्कल गर्नेगर्थे । यहि समयबाट भन्ने छैन तर मैले आफ्नो साहित्य २०४५ सालमा इन्द्रावती पत्रिकामा नारी प्रती भन्ने एउटा गीत लेखेर सुरुवात गरेको थिएँ ।

तपाईले लेख्नुभएकोे गीत इन्द्रावती पत्रिकामा प्रकाशन हुदाँ कस्तो अनुभव भयो ?
खुशिको त कुनै सिमानै रहेन । त्यसपछि २०४३ सालमा रेडियो नेपालको चौतारी कार्यक्रममा हामी काठमाण्डौ गएका थियौं । त्यतिबेला चौतारी कार्यक्रम चलाउने पाण्डव सुनवारलाई चाहि भेटेर जाँउ न भनेर हामी रेडियो नेपालमा बस्यौं । पाण्डव सरले चाहि कहाँबाट आउनुभयो दिदिबहिनीहरु भन्नुभयो । साथी साबित्रि गुरुङ हुनुहुन्थ्यो । हामीले भन्यौ पाँचथरबाट आएका उहाँले चाहि रेडियो नेपाल घुम्नआउनुभएको घुमिसक्नु भयो त ? भनेर सोध्नुभयो अनि हामीले भन्यौं, यहाँ पाण्डव सरलाई भेटेर जाँउ भनेर आएको भन्दा ल मै हो नि पाण्डव भन्नु भयो । त्यस बेला उहाँले पाँचथरको चिनो छोडेर जानुहोस् न भन्नु भयो र मैले एउटा गीत लेखेको थिए चौतारी कार्यक्रममा त्यो गित गाँउने मौका पनि पाँयौं ।

बजारमा आफ्नो गीतहरुले स्थान पाईरहदा कस्तो महशुस हुन्छ ?
जब हामी धर्तीमा आयौं धर्तीले हामीलाई केही मागेको हुन्छ । भोली हामीले छोडेर जाँदा शब्दहरुका उपहारहरु यो धर्तीमा छोडे्र जानुपर्छ भन्ने लाग्छ आफू मरेपनि यो उपहार मर्ने छैन् भनेर सम्झन्छु ।

गजल, कबिता पनि लेख्नुभएको छ ? कस्तो बतानरणमा लेख्नु हुन्छ ?
जती बेलापनि लेख्छु भनेर लेख्न आउँदैन । एकान्त एक्लोपना अथवा कुनै काम गरिरहेको बेला शब्दहरु फुरेको समयमा कुनै कामगर्दा गदै पनि त्यो कामलाई छोडेर कलम समाएर लेखि हाल्ने गर्दा हुन्छ । होहल्ला भिडभाडमा लेख्छुु भनेर आउँदैन ।

सबै क्षेत्रमा आवद्ध रहदा कसरी समय मिलाउनुहुन्छ ?
भनाई छ जहाँ इच्छा त्याहाँ उपाय, आफनो इच्छा भएपछि त समय मिलाउन सकिन्छ ।

कस्तो खालको शिक्षा प्रणाली हुदाँ चाहि विद्यार्थीको भविष्य राम्रो बनाउन सकिन्छ ?
शिक्षालाई हेर्नुपर्दा बच्चाहरु प्रविधी सँगै अगाडी बढ्न खोज्छन त्यसरी बढ्न खोज्दाखोज्दै बच्चाहरुमा दिनानुदिन बिसंगती बढि भएको छ । यस्ता क्रियाकलापक गर्न विद्यालयमात्र सम्भव छैन् । अभिभावक, शिक्षक र विद्यार्थी सबैको सहकार्यमा अगाडी बढ्नु आवश्यक छ । सबैले आ—आफ्नो कर्तव्य पालाना गर्नुपर्यो । तीनवटाको एउटै लक्ष्यभयोे भने राम्रो हुन्थ्यो ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
सम्पूर्णमा भन्नुपर्दा सबै अभिभावकलाई बच्चा हाम्रा हुन र विद्यालय हाम्रो हो भनेर आफ्ना बालबालीकाको पढाई हामी अभिभावकहौं भनेर सोचिदिनु भयो भने बालबच्चाको पढाईमा कमी होईन एकदमै उच्चस्तर भएर जाने छ । सबैले बालबच्चाको लागी ख्याल गरांै भन्न चाहान्छु ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी