BSC FM live


अवसर पाएभने महिलाले पनि केही गर्न नसक्ने होईन -शान्ता बाँस्कोटा


भावना दुलाल

घरेलु उत्पादन तथा आर्गनिक उत्पादनको प्रवद्र्धन र विकासमा शान्ता बाँस्कोटा सक्रिय रुपमा लागेकि छन् । उनी दुई दशक भन्दा लामो यात्रामा उनी छन् । उनको सामजिक तथा व्यवसायिक विकासका लागि भएको सक्रियताका बारे फिदिम टुडेका लागि भावना दुलालले गरेको कुराकानी –

छिल्ला दिनहरुमा कस्ता क्रियाकलापमा सक्रिय हुनुहुन्छ ?

म अहिलेको समयमा अर्गानिक उत्पादनको बजार व्यावस्थापन तथा स्थानिय तहमा कन्चनजंगा टिस्टेट तथा रिसर्ज सेन्टरमा उत्पादन भएकोे अर्गानीक चिया तथा अन्य बस्तुको बजार बिस्तार गर्ने कुरामा म अहिले लागिरहेको छु ।

सामाजिक गतिविधिमा सहभागिता बारे बताउईदिनुन ।

हामीले काम गर्दै जाँदा सामाजिक कार्या आफै बढ्द जान्छ जस्तो लाग्छ मलाई । हामीले व्यापार लगायका विभिन्न अन्य काम गर्ने क्रममा आफै तथा विभिन्न तरीकाले सामाजिक कामहरु भईरहेको हुन्छ । महिला दिदि बहिनी तथा दाजुभाई सबै जना हाम्रो काममा आवद्ध हुनुहुन्छ । हामीले कसरी आर्थिक स्तर अगाडी बढाउने भन्नको लागि तथा कसरी चिया उत्पादनको क्षेत्रबाट सामाजिक काम गर्न सकिन्छ भन्ने कुराको लागि हामीले विभिन्न कार्यक्रमहरु कन्चनजंगा टिस्टेट तथा रिसर्ज सेन्टरमार्फत भईरहेको छ । हामीले सवैको आर्थिक समृद्धिका लागि विभिन्न पेशागत, व्यवसायिक तथा अन्य विभिन्न क्षेत्रमा लागानिको लागि विभिन्न अवसरहरु प्रदान गर्ने गरेका छांै ।

तपाई महिला भएर प्रबन्धकको रुपमा काम गदिरहदाँ कतिको गाह्रो छ ?

नेपालको सन्र्दभमा भन्ने हो भने पुरुष प्रदान देश भएकोले गर्दा महिलाहरुलाई अगाढी बढ्न धेरै गाह्रो हुन्छ । तर पनि अवसर पाएभने महिलाले पनि केही गर्न नसक्ने होईन । पाँचथरको सन्र्दभमा पनि उपमेयर पनि महिला नै हुनुहुन्छ । तर चियाको क्षेत्रमा हेर्ने हो भने महिला दिदि बहिनीहरु कम मात्र हुनुहुन्छ । उत्पादन क्षेत्र चिया टिप्ने, चिया रोप्ने क्षेत्रमा उहाँहरु हुनुहुन्छ तर मार्केटिङ गर्ने क्षेत्र तथा व्यावसाय संञ्चालन गर्ने क्षेत्रमा महिलाको सहभागिता काम रहेको छ । महिलाहरुलाई विभिन्न चुनैतिहरु आउने गरेको छ । तर पनि विभिन्न चुनौतिहरुलाई पार गर्दै अगाढी बढ्न सकियो भने हामी सफल हुन सक्छांै ।

महिलाको स्तर माथि यउठाउनको लागि के गर्न सक्छांै ?
महिला दिदि बहिनीहरुलाई माथि उठ्नको लागि पहिलो कुरा त महिलाहरुको शिक्षामा ध्यान दिनुपर्छ । शिक्षा लिएपछि म यो काम गर्न सक्छु भन्ने विस्वास हुन जरुरी छ । लगनशिलता हुनु पर्याे कनिभने काममा लगनशील भएर काम गरे भने फल हुन्छु भन्ने विस्वास राख्नु पार्याै । महिला पनि पुरुष सरह काम गर्न सक्छु भन्ने आत्माविस्वासका साथमा अगाढी बढियो भने महिला पनि सफल हुन कुनै गाह्रो हुने छैन । महिलाको स्तर पनि माथी उठन सहज हुन जान्छ ।

कन्चनजंगा चिया उत्पादन संघमा धेरै मानिसहरुलाई रोजगार दिनुभएको छ कस्तो लाग्छ ?
आफनो गाँउको मानिसहरुलाई स्थानिय स्तरमा रोजगार दिन पाईएको छ । यहाँको महिला दिदि बहिनीहरुको आर्थिक स्तर सुधार्ने सकिने रोजगारीको अवासर दिन पाईएको छ ।

तपाइको धेरै क्षेत्रमा सहभागिता देखिन्छ । समय कसरी व्यवस्थापन गर्नु हुन्छ ?
समयत आफुले निकाल्ने कुरा हो । यति समयमा यति काम गर्छु भन्ने आत्माविश्वास लिएर अगाडी बढ्न सकीयो भने हामी सफल हुन गाह्रो छैन । म याति समय परिवारलाई दिन्छु, यति समय काममा दिन्छु भनेर आफैले निर्धारण गर्ने हो । समय मिलेपछि आफ्नो काम गर्न कुनै कठिनाई हुदैन ।

तपाईलाइ यो काम गर्न कहाँबाट प्ररणा मिल्यो ?
मेरो प्ररणाको स्रोत भनेको मेरो बुबा दिपक प्रकाश बाँस्कोटा हो । उहाँले मलाई धेरै कुरामा सहयोग गर्नु भएको छ । चिया रोपेर विभिन्न समस्याको बावजुद पनि सफल हुनु भएको छ । म पनि मेरो बुबालाई साथ दिदा दिद यो काममा लाग्ने प्रेरण मिल्यो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी