BSC FM live


सम्पादकीय: राजनीतिक संस्कार


देशभर उप–निर्वाचनको सम्पन्न भएको छ । देशका ५२ ठाउँमा भएको उप–निर्वाचन मंसिर १४ मा सकियो । मतगणा पछिको अन्तिम परिणाम समेत आइसकेको छ ।
देशमा मुख्य दुई पार्टी नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पार्टी बिच मुख्य प्रतिश्पर्धा देखियो । परिणाम अनुसार नेकपा नै अगाडी देखियो । हाल दुई तिहाइ सकरकामा रहेको दलले उप–निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नलाई सहज हुने बिस्लेषकहरु बताउँछन ।
देशका कतिपय क्षेत्रमा यस अघि जित निकालेका दलहरु हारमा पुगेका छन । त्यो अवस्था पाँचथरमा पनि देखियो । लोकतान्त्रीक अभ्यासमा हार र जितको बिषय ठुलो हैन । त्यो लोकतन्त्रका लागि एउटा अभिन्न हतियार पनि हो ।
तर राजनीतिक संस्कारको बिषय भने नेपालमा अझै खस्किरहेको छं । जित पछि परिणाम आउँदा बिजयी दलहरु एकातर्फ उत्साहमा जाने पराजय हुने दलहरु अर्कोतर्फ निरास बन्ने परिपाठी छ । तर पाँचथरको फाल्गुनन्द गाउँपालिकामा भने त्यो अवस्था रहेन । पराजित उम्मेद्वारले बिजयी उम्मेद्वार बधाइ र आगामी कार्यकालको शुभकामना दिए । बिजयी नेकपा नेता बिरबहादुर कुरुङवाङलाई पराजित नेपाली काग्रेसका नेता बृजहाङ आङदेम्बेले परिणाम पछि बधाइ दिए ।
उता पोखरामा पनि त्यही संस्कार देखियो । यो नेपाली राजनीतिका लागि एउटा उदाहरण हो । प्रतिश्पर्धा एउटा बिषय हो । त्यसबाट कुनै न कुनै किसिमको परिणाम आउँछ तर त्यसलाई लोकतान्त्रीक अभ्यास मान्ने संसकारको अझै खडेरी कायमै छ ।
लोकतन्त्रको सौन्दर्य चुनावलाई अझ नागरिक मैत्री बनाउनका लागि पनि यस्ता संस्कारको बिजारोपण हुन जरुरी छ । दलअरुले सुधार गर्नु पर्ने धेरै बिषय मध्ये लोकतान्त्रीक संंस्कारको पाटो पनि एक हो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी