BSC FM live


स्थानीय सरकार विरुद्ध जनमत


फिदिम टुडे/ पाँचथर, १७ मंसिर

नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारको कामकार्वाहि प्रतिजनस्तरमा असन्तुष्टि रहेको उप–निर्वाचनको मतपरिणामले पनि देखाएको छ । जिल्लाको तीन स्थानमाभएको उप–निर्वाचनमा यस पल्ट नतिजा उल्टेको छ । नेपाली काग्रेसले जितको ठाँउमा भएको उपनिर्वाचनमा नेकपा र नेकपाले जितेको ठाँउमा काग्रेसले जित निकालेको छ । रोचकर स्मरणीय त यो छ कि आफ्नो गड भनेर दाबि गरीएकै ठाँउमा सम्बन्धीत दलका उम्मेद्वारनै पराजित भएका छन्।
जिल्लामा एक गाँउपालिका प्रमुख र दुई वार्डका अध्यक्ष पदका लागि भएको उप–निर्वाचनमा स्थानीय सरकार सञ्चालन गरीरहेको पार्टी भन्दा फरक पार्टीका उम्मेद्वार विजयी भएका छन् । दुई तिहाई बहुमत सहित स्थानीय सरकार चलाई रहेका दलहरुका उम्मेद्वार पराजित भएका छन् । स्थानीय सरकार प्रतिको वितृष्णाको रुपमा पनि हेरीएको देखिन्छ । दुई तिहाई सहित स्थानीय सरकार सञ्चालन गरेको नेपाली काग्रेसलाई फाल्गुन्द गाँउपालिका प्रमुख, फिदिम–१ नम्बरको वार्ड अध्यक्षमा र दुई तिहाई बहुमत सहित स्थानीय सरकार सञ्चालन गरीरहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)लाई हिलिहाङ वार्ड न ७ मा उप–निर्वाचनमा झड्का लागेको छ ।
फाल्गुनन्द गाँउपालिका प्रमुख पदमा काग्रेस पराजित भएको छ । काग्रेसका जिल्ला सचिव समेत रहेको वृजहाङ आङदेम्बे पराजित भएका हुन । यहाँ नेकपाका विरबहादुर कुरुम्बाङ विजयी भएका छन् । कुरुम्बाङ अघिल्लो स्थानीय तहको निर्वाचनमा काग्रेसका उम्मेद्वारसँग पराजित भएका थिए । गाँउपालिका प्रमुख अमर नेम्बाङका्े निधन भएपछि यहाँ उप निर्वाचन भएको थियो ।
काग्रेसको पक्कड क्षेत्र मानिएको यो क्षेत्रमा नेकपाको कुरुम्बाङले ५ हजार ३ सय ६९ मतप्राप्तगर्दै विजयीभए । उनी८ सय ६ मतको अग्रताले विजयी भएका हुन । निकटतम प्रतिद्वन्द्वी आङदेम्बेले ४ हजार ५ सय ६३ मतप्राप्त गरेका थिए । यस अघिको स्थानीयतहको ७ वार्ड मध्ये ५ वटा वार्डका अध्यक्ष सहित गाँउपालिकानै दुई तिहाईका साथ काग्रेसले जितेको थियो । पौवासारताप, नवमिडाँडा आङसराङ, जस्ता काग्रेसका ऐतिहासिक ठाँउ भएको गाँउपालिका भए पनि काग्रेस पराजित भएको हो ।
यस अघिको स्थानीय तहको निर्वाचनमा फाल्गुनन्द गाँउपालिकामा नेम्बाङले ४ हजार १ सय ६३ मतप्राप्त गरेर विजयी भएका थिए । सो बेला पनि प्रतिस्प्र्धामा रहेका हालका प्रमुख तत्कालिन एमालेका विरबहादुर कुरुम्बाङले ३ हजार ३ सय ६७ मत प्राप्त गरेका थिए यस्तै तत्कालिन नेकपा (माओवादी) केन्द्रका ठाकुरसिंह नेम्बाङले ७ सय ४४ मत प्राप्त गरेका थिए । साबिकको दुबै पार्टीको मतलाई जोड्दा काग्रेस ५२ मतले अगाडी थियो । तर यो पल्ट काग्रेसले यो जित जोगाउन सकेन । यहाँ समाजवादी पार्टीकी विमला आङदेम्बेले ३ सय २०, संघियल लोकतान्त्रीक मञ्चका जितेन चेम्जोङले २ सय ४०, राप्रपाका सुुुसुहाङ चेम्जोङले २८, राप्रपा सयुक्तका मोतिहाङ आङदेम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मंगाल नेशनल अर्गनाईजेशनका उदय सुनुवारले १२ मत प्राप्त गरेका छन् । यहि चुनावी प्रतिस्पर्धाको वातावरण बनाउन लोकतन्त्रका लागि यतिका बर्ष लडियो । जनताको सुख दुखमा छु । अब जनताकै घरदैलोमा हुन्छु’, आङदेम्बेले भने ।
आङदेम्बेले निर्वाचित प्रमुख कुरुम्बाङलाई खादा ओडाएर बधाई दिए । बधाई दिएर अङ्गालो मार्दै आङदेम्बेले भने राम्रो काम गर्नु । लोकतन्त्र विरोधी हुने काम नगर्नु । बधाई छ नाती ।’ चुनावका बेला गरीएका प्रतिबद्धता पुरा गर्ने निर्वाचित अध्यक्ष कुरुम्बाङले बताए । प्रतिवद्धता र स्थानीय आवश्यकता लाई बुझेर काम गर्छु । केन्द्र र प्रदेश सरकार हाम्रो भएकाले समन्वय गरेर काम गर्छु’–उनले भने ।
फिदिम वार्ड न. १ मा नेकपा कागजाधर भटराई फराकिलो अन्तरले विजयी भएका छन् । नेपाली काग्रेसबाट विजयी वार्ड अध्यक्ष हर्क मोक्तानको निधन भएपछि भएको उप–निर्वाचनमा भटराईले जितेका हुन । यहाँकाग्रेसका सुबराज थापा पराजित भएका हुन । अन्तिम मत परिणाम अनुसार भटराईले १ हजार ४ सय ४६ र थापाले ९ सय ७२ मत प्राप्त गरे । ४ सय ४७ मतले फिदिममाथापा पराजित बनेका छन् । भटराई यस अघि दुई पल्ट यहि वार्डमा पारजित बनेका थिए । फिदिम नगरपालिकामा दुई तिहाई सहित काग्रेसलको सरकार रहेको छ । ३ हजार ६ सय ७६ मतदाता रहेको फिदिममा २ हजार ५ सय ८२ मत खसेको थियो । यो वार्ड काग्रेसको पक्कड भएको वार्ड मानिन्थ्यो । यस अघिको स्थानीयतहको निर्वाचनमा काग्रेसका हर्क मोक्तानले ७ सय ७४ मत प्राप्त गदै विजयी भएका थिए । पाँचमतले पराजित हुदैँ तत्कालिन एमालेका भटराईले ७ सय ६९ मतप्राप्त गरेका थिए । माओवादिका सागर नेम्बाङले १ सय ३५, राप्रपाका जगत थापाले २ सय ९ मतप्राप्त गरेका थिए । अन्यदलहरुको मत खुम्चीएको छ । संघिय समाजवादीले ३०, राप्रपाले ७६, राप्रपा संयुक्तले १५, लोकतान्त्रीक मञ्चले १९, राप्रपा लोकतान्त्रीकले १ र बदर २३ मत झरेको थियो ।
नेकपाको निक्कै दर्विलो पकड मानिएको हिलिहाङ–७ मा काग्रेसका तिलविक्रम इधिङगो निर्वाचित भएका छन् । यस अघिको स्थानीयतहको निर्वाचनमा यो गाँउपालिकामा तत्कालिन नेकपाल (एमाले) ले दुई वार्ड सदस्य बाहेक सबै पदमा जितेको थियो । नेकपाले जित निश्चित हुने दाबि गरीरहदा काग्रेसका उम्मेद्वारले विजय हासिल गरेका हुन । नेकपाका तिर्थराज तिम्सीनाको निधन भएपछि भएको चुनावमा काग्रेसका उम्मेद्वार विजयी भएका हुन । यहाँ नेकपामा गेहेनाथ रिजाल पराजीत भएका छन् । इधिङको ३० मतेले विजयी भएका हुन । यो गाँउपालिकामा नेकपाको दुई तिहाई थियो । इधिङगोले ८ सय ४२ मतप्राप्त गरेर विजयी भएका छन् । उनका निटतम प्रतिद्वन्द्वी रिजालले ८ सय १२ मतप्राप्त गरे । २ हजार ६ सय मतदाता भएको यहाँ १ हजार ६ सय ९३ मत खसेको थियो । गत स्थानीय तहको निर्वाचनमा एमालेका तिर्थ राजतिम्सीनाले ७ सय १९ र कागे्रसका डिल्ली सुवेदीले ४ सय ९९ मत प्राप्त गरेका थिए । फराकिलो अन्तरले जितेको वार्ड नेकपाले गुमाएको छ ।
स्थानीय सरकारको काम कार्वाहि प्रतिको असन्तुष्टि चुनावमा पोखिएको हुन सक्ने टिप्पणी भइरहेको छ । सानादलहरुको मत विस्तारै घट्दै गएको छ । यसप्रति अनेकन आशंका र टिप्पणी समेत भईरहेको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी