BSC FM live


बागलुङमा खिमविक्रम शाही विजयी


बागलुङ : बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २०९७ मतान्तरले पराजित गरे। शाहीले ११, २३५ मत ल्याउँदा शेरचनले ९, १३८ मत मात्रै ल्याए। बागलुङ क्षेत्र नं २ (ख) बाट २ जना स्वतन्त्र सहित १० जना उम्मेदवार चुनावी मैदानमा थिए। तेस्रो भएका समाजवादी पार्टीका अशोककुमार बिकले ३१६ मत प्राप्त गरे। त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रीक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३६ मत प्राप्त गरे। २०७४ सालमा भएको आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य हुनुभएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खालि भएको बागलुङ क्षेत्र नं. २ (ख) ले सोही पार्टीबाट प्रदेशसभा सदस्य पाएको छ। ३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो। जस मध्ये २०९७१ सदर र ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बागलुङकै बडिगाड गाउँपालिका–२ मा वडाअध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन विजयी भएका थिए।
thahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी