BSC FM live


आत्मानन्द कप : आज राजाबास सुनसरी र अर्जुनधारा झापा भिड्दै


 इलाम : इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगितामा शुक्रबार राजाबास युथ क्लब सुनसरी र एएससी अर्जुनधारा झापाबी भिड्दैछन् ।

सेमीफाइनल प्रवेशका लागि आत्मानन्द खेलमैदानमा दिउँसो २ बजेदेखि खेल सुरु हुनेछ ।

यसअघि विहीबार भएको खेलमा भाङबारी स्पोर्टिङ क्लब झापा सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।

इलाम नगर खेलकुद प्रतिष्ठान इलाम विरुद्ध १–० को कष्ठपूर्ण जित निकाल्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

जितका लागि झापाका सनम भुजेलले पहिलो हाफमा गरेको गोल नै निर्णाय बनेको थियो । वान भर्सेस वानको पोजिसनलाई समुदपयोग गर्दै भुजेलले जाली चुमाएका थिए ।

खेलको म्यान आफ दी म्याच विजेता झापाका समन भुजेल घोषित भए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

nayabulanda

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी