BSC FM live


उप–निर्वाचन २०७६ : शनिवार उप–निर्वाचन हुँदै


फिदिम टुडे/ पाँचथर, १३ मंसिर
शनिवारका लागि तय भएको उप –निर्वाचन शनिवार बिहान ७ बजेबाट सुरु हुँदैछ । दलहरु आ–आफना एजेण्डा सहित चुनावको तयारी पुरा भएको बताउन थालेका छन ।
चुनावको सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत मोहन भटराइले जानकारी दिए । करिव १५ सय सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ । समन्यात्मक हिसावमा नेपाल प्रहरी, शशत्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गर्न लागिएको पाँचथर प्रहरी प्रमुख सिद्धराज न्यौपानेले जानकारी दिए ।
निर्वाचनका लागि तोकिएका मतदान स्थलमा मतपेटीका लैजाने, कर्मचारी परिचालन गर्ने सहितका काम भएका छन । जिल्लामा १७ मतदान स्थल तोकिएको छ । पाँचथरमा मात्रै ३१ मतदान केन्द्र तोकिएको छ ।
पाँचथरमा ९ दलका २१ उम्मेद्वारले प्रतिश्पर्धा गर्ने भएका छन । जिल्लमा फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकामा उप–निर्वाचन हुन लागेको छ । तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।
निर्वाचन हुने क्षेत्र मध्ये फिदिम १ मा ३ हजार ६ सय ७६ जना मतदाता छन भने हिलिहाङ ७ मा २ हजार ६ सय मतदाता छन । त्यस्तै फाल्गुनन्द गाउँपालिकामा १६ हजार ५ सय ७७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
पाँचथरमा नेपाली काग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संघीय समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च सहितका दलहरु बिच प्रतिश्पर्धा हुँदैछ । ले चुनावी कार्यक्रमलाई तिब्र पारेका छन । मौन अवधी सुरु हुनै लाग्दा दलहरु अन्तिम तयारीमा लागेका हुन । फिदिम नगरपालिका १ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १ मतदान स्थलमा ४ ओटा केन्द्र निर्धारण गरिएको छ । हिलिहाङ ७ को वडाध्यक्ष पदको निर्वाचनका लागि ३ ओटा स्थालमा ४ ओटा केन्द्र निर्धारण गरिएको हो । बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र हुने गरी निर्वाचन आयोगले केन्द्र निर्धारण गरेको हो । चुनावी कार्यक्रमलाई थप पर्यादित बनाउन सुरक्षा सतर्कता समेत बढाइएको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी