BSC FM live


साग भलिबल आजदेखि, नेपालको प्रतिद्वन्द्वी बंगलादेश


११ मंसिर,- १३ औ दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आजबाट भलिबलका खेल शुरु हुँदैछन्।  औपचारिक उद्घाटन हुनुभन्दा अगाडीनै महिला र पुरुष भलिबल आजदेखि सुरु हुन लागेको हो।  नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन्। उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ। सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो। सागको महिला भलिबलमा नेपाल सूमह एमा रहेको छ। नेपाल रहेको समूहमा भारत र बंगलादेश छन्। भारत स्वर्णको दाबेदार हो। बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो। आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय छ। खेल साँझ ७ बजे सुरु हुनेछ। पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ। अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ।  भारत पुरुष भलिबलको समेत बलियो टिम हो। सागको पुर्व अभ्यासका लागि भारतमा रहदाँ नेपाली टिम भारतको राष्ट्रिय टिमसंग सबै मैत्रीपूर्ण खेलमा पराजित बनेको थियो।
thahakhabar.

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी