BSC FM live


उप–निर्वाचन २०७६: अन्तिम तयारीमा दलहरु


फिदिम टुडे /पाँचथर, ११ मंसिर
पाँचथरका तीन स्थानमा चुनावी चहलपहल तिब्र छ । दलहरु आ–आफना एजेण्डा सहित चुनाबी प्रचारमा छन ।
मंसिर १४ का लागि तय भएको उप–निर्वाचनका लागि पाँचथरमा मनोनयन दर्ता गरेका दलहरु अन्तिम तयारिमा लागेका हुन । सदरमुकाम समेत रहेको फिदिम नगरपालिका एक स्थित बजार क्षेत्रका टोलटोलमा अहिले उम्मेद्वारहरु मतदाता भेटिरहेका छन ।
दलहरुले भौतिक निर्माण संगै बिकासका चौतर्फी आयामलाई समावेस गराउनु पर्ने बताउने गरेका छन । पाँचथरमा ९ दलका २१ उम्मेद्वारले प्रतिश्पर्धा गर्ने भएका छन । मंगलबार दिनभर जसो फिदिम बजारका प्रत्येक टोलमा चुनाबी तयारीमा रहेका दलका कार्यकता भेटिए । ठुलै टोली बनाएर भोट मागिरहेका दलहरुले तिहारमा देउसी भैलो खेलिरहेको झल्को दिन्थ्यो ।
जिल्लमा फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकामा उप–निर्वाचन हुन लागेको छ । तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।
निर्वाचन हुने सबै क्षेत्रमा दहरुको सक्रियता बढेको हो ।
पाँचथरमा नेपाली काग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), संघीय समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले चुनावी कार्यक्रमलाई तिब्र पारेका छन । मौन अवधी सुरु हुनै लाग्दा दलहरु अन्तिम तयारीमा लागेका हुन ।
पाँचथरमा १७ ओटा मतदान स्थलमा ३१ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १३ स्थलमा २३ ओटा केन्द्र निर्धारण गरिएको हो । फिदिम नगरपालिका १ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १ मतदान स्थलमा ४ ओटा केन्द्र निर्धारण गरिएको छ । हिलिहाङ ७ को वडाध्यक्ष पदको निर्वाचनका लागि ३ ओटा स्थालमा ४ ओटा केन्द्र निर्धारण गरिएको हो । बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र हुने गरी निर्वाचन आयोगले केन्द्र निर्धारण गरेको हो । चुनावी कार्यक्रमलाई थप पर्यादित बनाउन सुरक्षा सतर्कता समेत बढाइएको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी