BSC FM live


पाँचथरसहित पूर्वका चार जिल्लामा एलपी ग्यास अभाव


मंसिर ३, – पाँचथरसहित पूर्वका चार जिल्लामा एलपी ग्यास अभाव भएको छ। भारतबाट नेपाल भित्रिने एलपी ग्यासका ट्यांकर पर्याप्त मात्रमा आउन छाडेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा ग्यास अभाव भएको हो। बजारमा एलपी ग्यासको अभाव भएपछि उपभोक्ता समस्या परेको छ। झापामा चारवटा ग्यास उद्योग रहेको छ। झापाबाहेक मोरङबाट पनि जिल्लाका बजारमा ग्यास सिलिन्डर भित्रिन्छ। तर, भारतको पश्चिम बंगालस्थित कलकत्ताको ग्यास प्लान्टले केहीदिनदेखि नेपाल आउने ट्यांकरलाई ग्यास भर्न नदिँदा बजारमा एलपी ग्यासको अभाव भएको बताइएको छ।  झापाका ग्यास उद्योगमा कलकत्ताको हल्दिया, बरुनी र पारदीप भन्ने ठाउँबाट टयांकरमा लोड गरी एलपी ग्यास काँकडभिट्टा नाकाबाट जिल्ला भित्राउने गरेको नेपाल एलपी ग्यास संघका सल्लाहकार आदित्य पराजुलीले जानकारी दिए। त्रिशक्ति ग्यास उद्योग भद्रपुरका प्रबन्ध निर्देशक समेत रहेका पराजुलीले भने, ‘मेरो उद्योगमा हल्दिया र पारदीप ग्यास प्लान्टबाट ग्यास आउँछ। दुवै प्लान्टमा सरसफाइको काम चलेको हुँदा १० देखि ग्यास आएको छैन।’  ‘आज चार वटा ट्याकर आउँदैछ। तर जुन परिणाममा उद्योगलाई चाहिने हो। त्यस अनुसारको ग्यास भित्रिन सकेको छैन। जसले गर्दा बजारमा ग्यास अभाव भएको हो’, उनले भने।’ ‘उद्योगलाई महिनामा कम्तीमा २२ देखि २६ वटा ट्याकर चाहिन्छ’, त्रिशक्ति ग्यासका व्यवस्थापक अर्जुन कर्णले भने, ‘चाहिने परिणाम आएको छैन। अक्टोबरमा १५ वटा ट्यांकर आएका छन्। सेप्टेम्बरको १८ तारिखसम्म ९ वटा मात्र टयांकर आइसकेका छन्।’ ‘ग्यास अभावका कारण डिलरलाई चाहिने सिलिन्डर पठाउन नसक्दा उपभोक्तालाई समस्या भएकै हो। उद्योगमा दुई वटा बुलेट छन्। ५०/५० मेट्रिक टनको  भने अहिले दुवै खाली छन्’ उनले भने, ‘अबको १५ दिनसम्म यस्तै समस्या हुन्छ।’ झापामा त्रिशक्तिको पराजुली, कनकाई, मेची र पाथीभरा ग्यास उद्योग रहेको छ। एउटा ग्यास उद्योगले मासिक ४० हजारदेखि ५० हजार ग्यास उत्पादन गर्दै आइरहेको जनाइएको छ। चारवटै ग्यास उद्योगको बजार पूर्वको चार जिल्ला नै हो।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी