BSC FM live


गाई फर्मबाट मनग्य आम्दानी गर्दै गोपेटारका कृषक


भावना लिङदेन, पाँचथर ,३ मंसिर

स्वदेशमा रोजगारी नभएको भन्दै धेरैजसो युवाहरु बैदेशिक रोजगारीमा गइरहेका बेला पाँचथरको हिलिहाङका एक कृषकले घरमै बसेर गाई फर्मबाट लाखाँ  आम्दानी गरिरहेका छन् । हिलिहाङ गाँउपालीका ३ गोपेटारका ५४ वर्षीय महमप्रसाद लिङदेनले गाईफर्म र त्यसैसंग रहेको तरकारी खेतिबाट मनग्य आम्दानी गदैँ आएका हुन । उनको फर्म थाल्नु पुर्व आर्थिक अवस्था कमजोर थियो । अहिले आवस्यकीय खर्च गर्न समस्या नभएको उनको भनाई छ ।
बिहान बेलुकाको छाक कसरी टार्ने ? भन्ने सम्मको पीडा हुने गरेको बेलामा मलेसिया हङकङ सिङगापुर भारत गए पनि राम्रो कमाइ नभएपछि उनलाई जीवनले आर्थिक उपार्जनको लागि नयाँ संघर्षको बाटो सिकायो । कहिले गिरिराज कुखुरा पालन, कहिले ब्रोइलर कुखुरा पालन गर्दै उनले जसोतसो जिन्दगीको रथलाई तानिरहे । आफ्ना तिन सन्तान सहित श्रीमती र बुबा समेतको परिवारमा रहेका उनलाई सबैको आर्थिक भार थियो ।
जव उनले फर्म थाले आर्थिक अवस्थामा पहिलेको भन्दा निकै सुधार आयो । हरेक काममा कडा परिश्रम गर्दै आएका उनले हरेक कामबाट सफलता पनि पाउँदै गए । पछिल्लो समयमा किराना पसल, तरकारी खेती, कुखुरा पालन गर्दै आएका उनले अब स्थानीय र विकासी जातका गाई पाल्न पनि सुरु गरेका छन् ।
महमले हालै मात्रै ६ ओटा गाई खरिद गरेर व्यावसायिक रूपमा गाई पालन सुरु गरेका छन् । ‘सकेसम्मको काम अहिले नै गर्नुपर्छ, मिहिनेत गर्न सकेमा हरेक काममा सफलता मिल्छ भन्ने विश्वास मलाई छ ।’ उनले भने, ‘पसल सँगसँग तरकारी खेती त भएको नै छ, अब गाई हुर्काएर दुई बर्षभित्रमा ठुलो परिमाणमा दूध उत्पादन गर्ने लक्ष्य राखेको छु ।’ लिङदेनको गोठमा बाँधिएका अधिकांश गाई इलामबाट खरिद गरेर ल्याइएका हुन् । उनले करीब ८ रोपनी जग्गामा गाईफर्म सञ्चालन गरीरहेका छन् । यसबाट दैनिक १६ लिटर दुध नजिकै रहेको गोपेटार बजारको चिज उत्पादन केन्द्रमा बिर्की गर्ने गरेका छन् ।
८ रोपनी जग्गा गाईफर्म सञ्चालनकै लागी भनेर बन्धकी लिएको उनको भनाई छ । सुरुमा दैनिक जिवनयापनका लागी भनेर एउटा गाई पाल्दै आएकोमा गएको भदौमा गाईफर्म दर्ता गरी व्यवसायलाई बढाइरहेको लिङदेनको भनाइ छ ।
१२ लाखको लगानीमा सुरु गरेका उनले गाईको दुधबाट मात्र अहिले मासीक २५ हजार आम्दानी गरीरहेका छन् । उनको व्यवसाय देखेरनै उक्त वस्तीका सम्पुर्ण परीवारमा एक घर दुई गाई भन्ने अभियाननै सञचालन गरी करीब १० घर किसानले फर्म सञ्चालन गर्न सुरु गरेका छन् । विशेस गरेर वैदेशिक रोजगारमा गएर फर्किएका युवाहरुले गाई पाल्न सुरु गरेका छन् ।
स्थानीय सरकारले अनुदान सरुप एउटा मात्र गाई दिए पनि सहज हुने लिङदेन बताउछन् । दुध उत्पादन गरेपनि उचित मुल्य नपाँउदा आफु मार्कामा परेको उहाँको गुनासो रहेको छ । दुधको मुल्य प्रतिलिटर अहिले ४४ रुपैया मात्र बिर्की गरीरहेको छ । राज्यले उचित मुल्य निर्धारण गरेर लगानी अनुरुपको मुल्य पाउनुपर्ने उहाँको माग रहेको छ । उहाँले भने, विभिन्न राजनैतिक दलहरुले चुनावको समयमा घोषणा गरे अनुरुप जितेर आएका स्थानीय सरकार बाट पनि पुरा भएन ।
गाईको लागी प्रबिधिक सहयोग फर्म भएको स्थानमा पाउँदैनन । सेवाका लागि कि अमरपुर नभए जोरपोखरी पुग्नुपर्छ, सरकारी तवरमा प्रबिधिक सहयोगको ब्यस्था स्थानीय स्तरमै पाउनु पर्ने त्यहाँका कृषकको माग छ । स्थानीय सरकार समक्ष गएर धेरै चोटि अनुदान तथा प्रबिधिक सहयोगको माग गरे सुनुवाई नभएको गुनासो उनीहरुले गरेका छन ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी