BSC FM live


सीमा सदर गराउने राम्रो मौका– पौडेल


२ मंसिर ,- कांग्रेस नेता रामचन्द्र पौडेलले उत्तर दक्षिणको सीमा सदर गराउने राम्रो मौका भएको बताएका छन् । कार्यकर्ता भेटघाट तथा जागरण अभियानकालागि पाँचथर, ताप्लेजुङ, तेह्रथुम सहितका जिल्लाको दौडाहामा रहेका उनले सोमबार बिहान ताप्लेजुङमा आयोजित पत्रकार सम्मेलनमा यसका लागि सरकारलाई कांग्रेसको बलियो साथ रहेको बताए ।
उनले दक्षिणबाट मात्रै नभएर उत्तरबाट भएको सीमा अतिक्रमणको पनि राज्यले तथ्यांक राख्नुपर्नेमा जोड दिए । यतिबेला दुईतिहाइको सरकारले बलियो खुट्टा टेक्नुपर्नेमा पौडेलको जोड छ ।
समयमै सीमा प्रशासन सजग भएको भए यस्तो अवस्था नआउने भन्दै उनले यसबाट पाठ सिकेर सीमा प्रशासन बलियो बनाउन आग्रह गरे । नेपाल र भारत दुवै देशमा स्थिर सरकार भएको बेला यो संवेदनशील विषय टुंग्याउन आग्रह गर्दै उनले नसके कांग्रेसलाई छोड्नुपर्ने बताए ।
कांग्रेस सीमा रक्षाका लागि सक्षम रहेको उनको दाबी छ । सरकार कांग्रेस सरकारको पालामा बनेका भौतिक संरचनाको उद्घाटन गर्दै हिँडेको आरोप लगाउँदै नयाँ योजना केहीपनि ल्याउन नसकेको दाबी गरे । एनसेलको कर उठाउन नसकेको, सुशासन कायम गर्न नसकेको, वाइड बढी मात्रै नभएर न्यारो वडीमा पनि कमिसनको चलखेल भएको र राज्यको ढुकुटीमा मनपरी गरेको आरोप पौडेलको छ ।
सरकारले चाहिँदो नचाहिँदो कर लगाएर जनतालाई आजित बनाएको बताउँदै उनले कम्युनिष्ट सरकार जनताको भरोसा बन्न नसकेको आरोप लगाए । महाधिवेशनको मिति निश्चित नभएकाले आफूले सभापतिको उम्मेदवारको विषयमा कुनै टुंगो नगरेको बताए । अरु पार्टीमा जस्तै आफ्नो पार्टीमा पनि छलफल बहस हुने गरेको तर विवाद नरहेको पौडेलको कथन छ ।
ताप्लेजुङबाट फर्किएपछि पौडेलले फिदिम बजारको बिपि चौकमा आयोपजत चुनाबी सभालाई सम्बोधन गरेका थिए । सभामा उनले नेपाली सरकारमा रहेर नेकपा नजतामाझको लोकप्रियतालाई गुमाउँदै गएको बताए । सभामा फिदिम वडा नम्बर १ का नेपाली काग्रेस तर्फका उम्मेद्वार शुबराज थापा, नेपाली काग्रेस पाँचथर सभापति नरेन्द्रकुमार केररुङ लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेता पौडेलले जनतामा निर्वाचनको उत्साह रहेको पनि बताए ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी