BSC FM live


नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको डान्स


२ मंसिर, –  पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेका छन् । परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् ।

नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् ।

पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । हिमानी शाहले पनि नाचेको मुद्रामा हात माथि गराउँछिन् र नाइट क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् ।एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ ।

नाइट क्लबमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मुद्रामा देखिन्छन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मालगायतले तस्वीर खिचाएका छन् ।

कमल थापाले गरे प्रशंसा

पूर्वराजा परिवारका सदस्यसहित नाइट क्लब पुगेको विषयमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । कतिपयले राजाको प्रशंसा गरेका छन् भने केहीले सस्तो भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नाइट क्लब पुगेका ज्ञानेन्द्रको भिडियो सेयर गर्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतीक- राजसंस्था ।’

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी