BSC FM live


करोडबढी खर्चेर माईपोखरीमा शिवको कलात्मक अग्लो मूर्ति बनाइने


०२ मंसिर,- इलामको प्रमुख धार्मिक पर्यटकीयस्थलको रुपमा रहेको माईपोखरीमा सौन्दर्य सँगसँगै पर्यटकको आगमन बढाउन एक करोड भन्दा बढी रकम खर्चेर भोले बाबाले पुकारिने भगवान शिवको कलात्मक र अग्लो मुर्ति स्थापना गरिने भएको छ । बिस्तृत परियोजना प्रस्ताव नै तयार गरेर यस्तो मूर्ति बनाउन लागिएको हो ।
आगामी आर्थिक वर्षमा शिवको मूर्ति बनाउनका लागि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाले ५०/५० लाख रुपैयाँ बिनियोजन गर्नेगरि दुई स्थानीय तहबीच आज मङ्सिर १ गते सहमति भई सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । दुवै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको रोहबरमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र सन्दकपुर गाउँपालिकाका प्रमुखको हस्ताक्षर रहेको सहमति पत्रअनुसार इलाम नगरपालिकाले तयार गर्ने बिस्तृत परियोजना प्रस्तावअनुसारको निर्माण कार्यको लागत रकम दुवै स्थानीय तहले बराबर ब्यहोर्ने छन् ।
उक्त मुर्ति निर्माण भएपश्चात सो को सञ्चालन गरी आम्दानी सङ्कलन गर्ने कार्य सन्दकपुर गाउँपालिकाले गर्ने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । विश्व सम्पदा सूचीमा सुचिकृत प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्वले भरिपूर्ण, जैविक विविधतायुक्त पर्यटकीय तथा ऐतिहासिक क्षेत्र माईपोखरीको सैन्दर्य सँगसँगै पर्यटक बढाउन सो क्षेत्रको आर्थिक विकासको लागि पर्यटकीय विकाससम्बन्धी दुई स्थानीय तहबीच सहमति गरिएको जनाइएको छ ।

sandakpuronline

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी