BSC FM live


सम्पादकीय: बिकास साझा मुद्धा


पाँचथरका तीन स्थानमा उप–निर्वाचन हुँदैछ । निर्वाचनको प्रचार देखी सबैखाले चुनाबी गतिबिधि दल बिशेषमा फरक भए पनि बिकासको बिषय भने सबैको एकै प्रकृतिको देखिएको छ । यो आम नागरिकका लागि सकारात्मक त्यतीखेर मात्रै हुनेछ तिखेर दलहरुले आफना प्रतिबद्धता पुरा गर्नेछन ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाली काग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्षमा उम्मेद्वार बनेका नेपाली कांग्रेस जिल्ला सचिव बृजहाङ आङदेम्बे लगातार चुनाबी कार्यक्रममा छन । उनले आफु निर्वाचित भए गाउँपालिकाको समग्र बिकासमा युगान्तकारी परिवर्तन गर्ने बताएका छन । मुख्य गरेर दिवंगत अध्यक्ष अमरकुमार नेम्बाङले सुरु गरेका सकारात्मक कामको निरन्तरता संगै थप नयाँ र दिर्घकालिन योजनाहरुलाई अगाडी बढाउने उनको तयारी छ । युवा स्वरोजगार कार्यक्रम मार्फत गाउँका युवालाई गाउँमै अड्याउने नयाँ योजना उनको छ ।
बिकास निर्माण भन्ने बित्तिकै बाटो, भवन, भौतिक संरचनाको निर्माणलाई मात्रै लिन नहुने तर्क सहित चुनाबी तयारीमा रहेका उनले बिकासलाई चौतर्फी रुपमा हेर्नुपर्ने तर्क अघि सारेका छन ।
सोही गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबार उम्मेद्वार बनेका बिरबहादुर कुरुङवाङको पनि मुख्य जोड बिकासमा छ । आफु निर्वाचित भए प्रदेश र केन्द्रसंगको सहकार्यमा बिकामा तिब्रता दिने उनको कार्ययोजना छ ।
यता फिदिम नगरपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट वडाध्यक्षमा उम्मेद्वार बनेका गजाधर भटराइले फिदिम १ नम्बर वडामा बिकासको तिब्र गति देखाउने बताए । आसन्न उप–निर्वाचनको तयारीमा लागेका भट्राईले मतदाता समक्ष मुख्य गरेर बिकासका बिषयलाई प्राथमिकताका साथ अगाडी बढाइरहेका छन । फिदिम बजारको खेदमैदान, सामुदायीक भवन निर्माण, खानेपानीको उचित प्रबन्ध सहितका क्षेत्रलाई प्याकेजमा काम गर्ने गरी आफुले नेतृत्वको दाबी गरेको उनको भनाई छ ।
नारामा मात्रै सिमित रहे त्यसको कुनै अर्थ छैन । बिकासलाइृ ब्यवहारमा लैजानु सार्थक बिकास हो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी