BSC FM live


सम्पादकीय: लोकतान्त्रिक अभ्यास


मंसिर १४ का लागि तय भएको उप–निर्वाचनका लागि पाँचथरमा मनोनयन दर्ता कार्य पुरा भएको छ । उप–निर्वाचनको निर्धारित कार्यक्रम अनुसार जिल्लाका ३ स्थानमा ९ दलका २१ उम्मेद्वारले मनोनयन दर्ता गरेका छन ।
जिल्लामा दुई वडा र एक गाउँपालिका गरी तीन स्थानमा चुनाव हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार बुधवार मनोनयन दर्ता भएको उम्मेद्वारको बिहिवार उजुरी तथा दाबी बिरोधको कार्यक्रम छ । बिहिवार दाबी बिरोध पछि अन्तिम नामावली प्रकासनको निर्वाचन कार्यतालिका रहेको पाँचथरका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्राईले जानकारी दिए । मनोनयन दर्ता पछि लगत्तै दलका नेताहरु निर्वाचन प्रचारमा लागेका छन । मुख्य दलहरु नेकपा र नेपाली काग्रेस बिचमा प्रतिश्पर्धात्मक अवस्था रहेको बिश्लेसकको भनाई छ ।
मनोनयन दर्ता सहितका चुनावी कार्यक्रममा सहभागी भएर दलहरु चुनावका लागि केन्द्रित बन्नु आधुनिक लोकतन्त्रको सुखद उपलब्धी मध्ये पर्र्छ । लोकतन्त्रमा प्रतिश्पर्धा हुन्छ । जनता सार्वभौम भएको ब्यवस्थामा आफना लागि जनताले आफैँ प्रतिनिधि छान्न पाउँछन । यस्तो ब्यवस्थालाई थप मजबुद बनाउन नै देशमा ठुलो आन्दोलन र युद्धहरु भए । तीनै आन्दोलन र युद्धको भरमा आज नागरिकले आफना लागि बिकास सहितका चौतर्फी समस्या समाधानका लागि प्रतिनिधि आफैँ छान्न पाउने अवस्था सिर्जना भएको हो ।
ती ब्यवस्थाहरुलाई मजबुद बनाउँदै नयाँ सिराको बिकास क्रम अगाडी बढाउनु बर्तमानको आवस्यकता हो । त्यसका लागि आवधिक चुनाव अपरिहार्य छ । तिनको समुचित ब्यवस्थापन गर्न जरुरी छ । त्यसैमा लोकतान्त्रिक अभ्यास जारी छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी