BSC FM live


सम्पादकीय: स्थानीय तहका समस्या हटाउ


पाँचथरको फलेलुङ गाउँपालिकाको आफ्नै भवन छैन । स्थानीय तह बनेदेखीनै मासिक २० हजार तिर्ने गरी स्थानीइ ब्यक्तीको घर भाडामा लिएर प्रशासनीक काम भइरहेको छ । यो बर्ष भवन बनाउनका लागि बस्तिृत अध्ययन प्रतिबेदन तयार पारिएको छ ।
यता याङवरक गाउँपालिकाको पनि आफनो भवन छैन । तर गाउँपालिकाले मासिक भाडा भने तिर्नु परेको छैन । साबिक थर्पु गाउँ बिकास समितिले बनाएको भवनमा अहिले गाउँपालिकाले प्रसासनीक कार्य चञ्चालन गरिरहेको छ ।
यता हिलिहाङ गाउँपालिकाको अवस्था पनि उस्तै हो । आफनै भवन छैन । तर साबिक गाबिसको भवनमा रहेकाले मासिक भाडा भने तिर्नु पर्दैन ।
फिदिम नगरपालिका समेत भाडाकै घरमा सञ्चालित छ । स्थानीय ब्यक्तिबाट मासिस ३७ हजार भाडा तिर्ने गरी नगरपालिकाले प्रशासनिक कार्य गर्दै आएको छ ।
फाल्गुनन्द गाउँपालिकाको आवस्था पनि उस्तै हो । बिद्यालय भवनको माथिल्लो तलामा गाउँपालिकाको काम हुन्छ । आफनै भवन बनिनसकेका कारण बिद्यालय भवन मागेर काम चलाउनु परेको गाउँपालिकाले जनाएको छ ।
यता कुम्मायक गाउँपालिकाको अवस्था पनि उस्तै हो । कुम्मायक गाउँपालिकामा भवनका लागि जग्गा प्राप्ती गर्ने चरणमा मात्रै काम भइरहेको छ । अहिले गाउँपालिकाले मासिक २५ हजार ब्यक्तिलाई बुझाएर काम गर्दै आएको छ ।
जिल्लाका आठ वटै स्थानीय तहको अवस्था उस्तै छ । भाडाको घरमा रहेक काम गर्नु पर्दा उपयुक्त कार्यक्षेत्र पुगिरहेको छैन । साना कोठा, साँगुरो ठाउँमा धेरै सेवाग्राहीको चापले स्थानीय तहलाई समस्यामा पर्दैछ ।
कतिपय गाउँपालिकाले निशुल्कमा भवन पाए पनि त्यो गाउँपालिकाको प्रशासनिक कार्य सञ्चालन गर्न उपयुक्त छैनन । कति ठाउँमा सहकारीले बनाएको भवनमा बसेर समेत काम गर्नु परेको अवस्था छ । स्थानीय तह अस्तित्वमा देखिएको करिव ३ बर्ष भइसकेको छ । यो अवधिमा भवन निर्माणको कार्य समेत पुरा नहुनुलाई कतिले आलोचनात्कक रुपमा समेत हेरेका छन । स्थानीय तह अल्मलिएको उनीहरुको आरोप छ ।
स्थानीय तहले सुरुका बर्षलाई आधार बर्ष मान्ने गरेका छन । नियमित कार्य सञ्चालनका लागि ब्यवस्थित कार्यालय मुख्य बिषय हो । आधार बर्षमा गर्नु पर्ने काम मध्येको मुख्य काम कार्यालय पनि हो । ब्यवस्थित कार्यालय नहुँदा हुने समस्यालाई समाधान गर्न जरुरी छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी