BSC FM live


सम्पादकीय: स्थानीय सरकारका समस्या


पाँचथरको फलेलुङ गाउँपालिकाको आफ्नै भवन छैन । स्थानीय तह बनेदेखीनै मासिक २० हजार तिर्ने गरी स्थानीइ ब्यक्तीको घर भाडामा लिएर प्रशासनीक काम भइरहेको छ । यो बर्ष भवन बनाउनका लागि बस्तिृत अध्ययन प्रतिबेदन तयार पारिएको छ । भवन निर्माणको कार्य यो आर्थिक बर्षमा हुने भए पनि हालका लागि भाडामै बस्दै आएको प्रमुख प्रसासकीय अधिकृत मौसम ढुँगेलले जानकारी दिए ।

यता याङवरक गाउँपालिकाको पनि आफनो भवन छैन । तर गाउँपालिकाले मासिक भाडा भने तिर्नु परेको छैन । साबिक थर्पु गाउँ बिकास समितिले बनाएको भवनमा अहिले गाउँपालिकाले प्रसासनीक कार्य चञ्चालन गरिरहेको छ । भाडा तिर्नु नपर्ने भए पनि पालिकाले आफ्नै भवन भने बनाउने तयारी गरेको छ । गाउँपालिका मार्फत १ करोड रकम तयार पारेर थप रकम सहयोगको पहलमा गाउँपालिका रहेको प्रमुख प्रशासकीय अधिकृत प्रबिनहाङ योङहाङले जानकारी दिए ।
यता हिलिहाङ गाउँपालिकाको अवस्था पनि उस्तै हो । आफनै भवन छैन । तर साबिक गाबिसको भवनमा रहेकाले मासिक भाडा भने तिर्नु पर्दैन ।
फिदिम नगरपालिका समेत भाडाकै घरमा सञ्चालित छ । स्थानीय ब्यक्तिबाट मासिस ३७ हजार भाडा तिर्ने गरी नगरपालिकाले प्रशासनिक कार्य गर्दै आएको छ । नगरपालिको भवन निर्माणाधीन छ । यो आर्थिक बर्ष भरीमा भवन निर्माणको कार्य पुरा गरेर नयाँ भवनबाटै सबै काम गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत बिनोद दाहालले जानकरी दिए ।
उता फाल्गुनन्द गाउँपालिकाको आवस्था पनि उस्तै हो । बिद्यालय भवनको माथिल्लो तलामा गाउँपालिकाको काम हुन्छ । आफनै भवन बनिनसकेका कारण बिद्यालय भवन मागेर काम चलाउनु परेको गाउँपालिकाले जनाएको छ ।
यता कुम्मायक गाउँपालिकाको अवस्था पनि उस्तै हो । कुम्मायक गाउँपालिकामा भवनका लागि जग्गा प्राप्ती गर्ने चरणमा मात्रै काम भइरहेको छ । अहिले गाउँपालिकाले मासिक २५ हजार ब्यक्तिलाई बुझाएर काम गर्दै आएको छ ।
जिल्लाका सबै क्षेत्रमा समस्या उस्तै छ । स्थानीय सरकारलाई निर्वाध कार्य सञ्चालनको बाताबरण बनाउनु लोकतन्त्रको सौन्दर्यता भित्र पर्छ । स्थानीय सरकारका समस्या प्रति केन्द्र र प्रदेश सरकार जिम्मेवार बन्ने बेला आएको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी