BSC FM live


सम्पादकीय: मताधिकारको प्रयोग


मंसिर १४ का लागि तय भएको उप–निर्वाचनको चर्चा चुलिएको छ । निर्वाचन आयोग, दलहरु, मतदाता लगायतका निर्वाचन सम्बद्ध सबै क्षेत्रमा आआफ्नै तरिकामा काम भइरादखेको छ । दलहरु प्रचारमा ब्यस्त छन त मताधिकार प्रयोग गर्न नागरिक तयारी अवस्थामा छन । बिगतका चुनावमा सुनिएका अनियमितताका कार्यहरु योपटक दोहोरिन्छन या नियन्त्रण हुन्छन तिनको बिस्लेसण चुनाव पछि होला तर अहिलेको अवस्यकता नागरिकको मत खसाउन पाउने अधिकारको रक्षा गर्नु हो ।

पाँचथरमा मात्रै फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकामा उप–निर्वाचन हुन लागेको छ । तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ । अहिले चुनाव हुने क्षेत्रका मतदाता माझ बिभिन्न कार्यक्रम लिएर उम्मेद्वार पुगिसकेका छन ।
जिल्लामा मुख्य गरेर नेपाल कम्युनिष्ट पार्टी र नेपाली काग्रेस बिचमा प्रतिश्पर्धा देखिएको छ । यस अघि प्रतिश्पर्धात्मक अवस्थामा देखीएका स्थानमा नेकपाले यो पटक स्वत बिजयी हुने अपेक्षा गरेको छ । दलहरु आ–आफना चुनाबी योजना सहित चुनाबी तयारीमा छन ।
देशभर रिक्त मध्ये पाँचथरमा ३ ठाउँमा हुन लागेको हो । पाँचथरमा तीनै जना जनप्रतिनिधिको निधन भएको छ । फाल्गुनन्द गाँउपालिकाका प्रमुख अमरकुमार नेम्बाङ, हिलिहाङ–७ का वडा अध्यक्ष तिर्थराज तिम्सिना र फिदिम नगरपालिका–१ का वडा अध्यक्ष हर्क मोक्तानको निधन भएपछि उक्त पद खाली छन् । ति पदहरुमा चुनाव हुन लागेको हो ।
चुनाव कुन पार्टीको उम्मेद्वारले जित्ने हो त्यो महत्वको बिषय हैन । बिजयी हुने वा कम मत पाउने प्रकृया स्वभाबिक हो । तर नागरिकले आफनो मताधिकार कसरी प्रयोग गरे वा गर्छन त्यो मुख्य बिषय हो ।
नागरिकले प्रयोग गर्ने मताधिकारले नै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने हो । त्यसको सही सदुपयोगमा नागरिक पनि सचेत बन्न जरुरी छ । मताधिकार प्रयोगलाई भय रहित बनाउन सबैले सबैठाउँबाट सहयोग गर्न जरुरी छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी