BSC FM live


रोड्रिगोको ह्याट्रिकमा रियल मड्रिडको फराकिलो जित


२१ कार्तिक ,- च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले दोस्रो जित निकालेको छ । समूह एमा रहेका मड्रिड शीर्ष स्थाको पीएसजी भन्दा ५ अंकले पछाडि रहेको छ ।

बुधबार राति भएको खेलमा मड्रिडले गालातासारे माथि ६–० को फराकिलो जित निकालको हो । रियलको जितमा रोड्रिगोले ह्याट्रिक गर्दा करिम बेन्जिमाले २ तथा सर्जियो रामोसले एक गोल गरेका थिए ।घरेलु मैदानमा मड्रिडले रोड्रिगोको गोल मार्फत खेल सुरु भएको चौथो मिनेटमै अग्रता बनाएको थियो । सातौं मिनेटमा रोड्रिगोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल थपेका थिए ।

१४ औं मिनेटमा मड्रिडले पेनाल्टी पाएपछि गोल संख्या तीन पुगेको थियो । पेनाल्टीमा रामोसले गोल गरेका थिए । पहिलो हाफमै चार गोल खाएको गालातासारेले दोस्रो हाफमा अरु २ गोल ब्यहोरेको थियो । पहिलो हाफको अन्तिममा करिम बेन्जिमाले गोल गरेका थिए ।

८१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरे भने रोड्रिगोले इन्जोरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

समूह ए अन्तर्ग नै बुधबार राति भएको अर्को खेलमा पीएसजीले अपराजित यात्रा कायमै राखेको छ । पीएसजलीले क्लब व्रुगीलाई १–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा इकार्डी रिभेरोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी