BSC FM live


सम्पादकीय: सौहार्द निर्वाचन



अहिले देशभर उप–निर्वाचनको माहोल छ । आगामी मंसिर १४ मा हुने उप–निर्वाचनका लागि पाँचथरका तीन क्षेत्र अहिले चर्चामा छन । जिल्लामा तीन क्षेत्र चर्चामा रहे पनि देशभर ५० बढी क्षेत्रमा निर्वाचनको तयारीमा छन । चर्चामा छन ।
पाँचथरमा मात्रै फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकामा उप–निर्वाचन हुन लागेको छ । तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।
दलहरुले निर्वाचनका लागि उम्मेद्वार समेत छनौट गरिसकेका छन । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पाँचथरमा १७ ओटा मतदान स्थलमा ३१ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । फाल्गुनन्द गाँउपालिका अध्यक्ष सहित फिदिम नगरपालिका १ र हिलिहाङ गाँउपालिका ७ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मतदान केन्द्र र स्थल निर्धारण गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १३ स्थलमा २३ ओटा केन्द्र निर्धारण गरिएको हो । फिदिम नगरपालिका १ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १ मतदान स्थलमा ४ ओटा केन्द्र निर्धारण गरिएको छ । हिलिहाङ ७ को वडाध्यक्ष पदको निर्वाचनका लागि ३ ओटा स्थालमा ४ ओटा केन्द्र निर्धारण गरिएको हो ।
निर्वाचन लोकतन्त्रको सौन्दर्य हो । यसमा सहभागी हुन योग्यहरुको पुर्ण सहभागीताको बिषय मुख्य हो । सबैको सहभागीता हुनुनै असली लोकतन्त्रको अभ्यास हो । अधिकतम मतदाताको सहभागीताका बिषयमा चेतना अभिबृद्धी मुख्य मुद्धा हो । राज्य र दलहरुले त्यसतर्फ ध्यान दिने हो भने असली निर्वाचन हुनेछ । निर्वाचनको सौन्दर्य समेत झल्कीनेछ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी