BSC FM live


मेस्सी राेकिदाँ बार्सिलोनाको बराबरी


२० कात्तिक,- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले निराशाजनक बराबरी खेलेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले स्लाभिया प्रागसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बार्सिलोना घरेलु मैदानमा ४६ औ खेलमा पहिलो पटक गोल गर्न असफल भएको हो ।

च्याम्पियन्स लिग फुटबलमा सन् २०१२ पछि घरेलु मैदानमा लियोनल मेस्सीले गोल गर्न र गोलको अवसर समेत जुटाउन पहिलो पटक असफल भएका हुन् ।

बार्सिलोनाका करिब आधा दर्जन प्रहार असफल भएका थिए ।

समूह एफको शीर्ष स्थानमा रहेको बार्साले पुछारको क्लब स्लाभिया प्रागसंग बराबरी खेलेको हो ।

इर्नेस्टो भाल्भर्डे नेतृत्वको बार्साले ४ खेलबाट मात्र ८ अंक बटुल्न सक्यो । बोरुसिया डर्टमण्ड ७ अंक सहित दोस्रो र ईन्टर मिलान ४ अंक सहित तेस्रो स्थानमा छ । प्राग टिमको २ अंक छ ।

स्पेनिस लिग च्याम्पियन बार्साले च्याम्पियन्स लिगको अर्को खेलमा घरेलु मैदानमा डर्टमण्डसंग खेल्नेछ ।

 

 

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी