BSC FM live


सम्पादकीय: यातायात सहज बनाउ


पाँचथर सहितका पुर्वी पहाडी जिल्लामा यो बर्षको दशै तिहार र छठको समयमा यात्रा गर्नेहरुले ठुलै सास्ती खेप्नु परो । यात्राका लागि गाडी नपाउने मुख्य समस्या हो । भएका सवारी साधन दुई तीन दिन अघिबाट भरिएर यात्रु लैजान नसक्ने बताउँदा धेरैको यात्रा कस्टकर बन्यो ।
अरु बेला भन्दा यात्रुको चाप चाडपर्वको समयमा धेरै हुने भए पनि यही समयमा गाडी कम हुँदा समस्या भएको बताइन्छ । तर रिजर्वमा जाने हो भने जती पनि सवारी पाइने कारण त्यसको पछाडी केही कारण छ भन्ने आकलन गर्न गाह्रो छैन । यो क्रम एक पटकलाई मात्रै हैन । यो दुई महिनाको समयमा करिव करिव त्यही घटना दोहोरियो । अझै पनि जारी नै छ । तर कुनै निकायले कारवाही वा रोकथामका लागि केही गरेको देखिएन ।
फदिमबाट करिव एक सय ट्याक्सी जिल्लाका बिभिन्न बजारमा पुग्छन । त्यसमा शनिवार कुद्ने संख्या करिव २० प्रतिशत पनि नहुने यातायात ब्यवसायीले बताएका छन । सदरमुकाममा बसेर काम गरिरहेका नागरिक शुक्रवार घर गएर शनिवार फर्कने चाहे पनि उनीहरुले आइतबार मात्रै फिदिम आउनु पर्ने अवस्था छ । यो पुरानै समस्या हो । शनिवार कम सवारी कुद्ने कारण त्यस्तो समस्या भोग्नु परेको हो । तर चाडपर्वको समयमा त्यो भन्दा ठुलो समस्या यात्रुले भोगेका छन ।
पुग्नु पर्ने ठाउँ भन्दा अगाडीको स्थानको टिकट गर्दा मात्रै यात्रा गर्न पाइने सम्मका घटना भए । यात्रुले कही कतै पनि गुनासो गर्ने ठाउँ पाएनन । सवारी सञ्चालकले गाडी नै छैन भनेपछि चुप लाग्नुको बिकल्प थिएन । तर सवारी नभएर मात्रै त्यसो भएको भने होइन । फिदिमबाट बिर्तामोडको भाडा भन्दा दुई गुना भाडा उठाएर जतिबेला पनि जान तयार हुने यातायात ब्यवसायीलाई कस्ले सोध्ने यात्रु मर्कामा छन ।
नियमनकारी निकाय दर्शक मात्रै बन्दा समस्या झनै बढ्दै गएको हो । समस्याको पहिचान गरी समाधान निकाल्नु आजको आवस्यकता हो । सहज यात्राका लागि राज्य संयन्त्रले काम गर्नु परो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी