BSC FM live


उप–निर्वाचनको चर्चा चुलियो


टुडे संवाददाता /पाँचथर, २० कात्तिक

आगामी मंसिर १४ मा हुने उप–निर्वाचनका लागि पाँचथरका तीन क्षेत्र अहिले चर्चामा छन । फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकामा उप–निर्वाचन हुन लागेको छ । तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।
दलहरुले निर्वाचनका लागि उम्मेद्वार समेत छनौट गरिसकेका छन । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पाँचथरमा १७ ओटा मतदान स्थलमा ३१ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । फाल्गुनन्द गाँउपालिका अध्यक्ष सहित फिदिम नगरपालिका १ र हिलिहाङ गाँउपालिका ७ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मतदान केन्द्र र स्थल निर्धारण गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १३ स्थलमा २३ ओटा केन्द्र निर्धारण गरिएको हो । फिदिम नगरपालिका १ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १ मतदान स्थलमा ४ ओटा केन्द्र निर्धारण गरिएको छ । हिलिहाङ ७ को वडाध्यक्ष पदको निर्वाचनका लागि ३ ओटा स्थालमा ४ ओटा केन्द्र निर्धारण गरिएको हो ।
बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र हुने गरी निर्वाचन आयोगले केन्द्र निर्धारण गरेको हो । उपनिर्वाचन हुने ३७ जिल्लाका २ सय ४७ मतदान स्थलमा ५ सय ३७ मतदान केन्द्र निर्धारण गरिएको छ । १ प्रतिनिधि सभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ नगरपालिका प्रमुख, ३ गाँउपालिका अध्यक्ष, १ गाँउपालिका उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
पाँचथरका तीन स्थानमा उम्मेद्वार निर्वाचनको चयारीमा लागेका छन । प्रचास प्रसार सहितका कार्यक्रमसाथ उम्मेद्वारले मतदाता भेटिरहेका छन ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी