BSC FM live


पाँचथरमा बालिका बलात्कारको आरोपमा एक पक्राउ


पाँचथर : तुम्बेवा गाउँपालिकामा बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन्। सात वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा सोही ठाउँका २६ वर्षीय राजेन्द्र देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो घरमा एक्लै भएको अवस्थामा देवानले बलात्कारको प्रयास गरेको आरोप छ। देवानलाई गाउँ छेउको जंगलमा रहेको एउटा गोठमा लुकेर बसेको अवस्थामा सोमबार राति १० बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मौवाका प्रहरी नायब निरीक्षक जीवन बोगटीले जानकारी दिए। बालिकालाई शौचालयमा लगी मुख थुनेर बलात्कारको प्रयास गर्दा चिच्याएपछि बाटोमा हिँड्दै गरेकी बालिकाकी फुपुले थाहा पाएको र के भयो भनेर कराउँदा छोडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बोगटीले बताए। प्रहरीको अनुसार घटना भएको बेला पीडितकी आमा गाउँमै एक संस्थाको बैठकमा गएकी थिइन्।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी