BSC FM live


प्रथम चोकमागु गोल्डकप सुरु, आयोजक र सिवाको बिजयीसुरुवात


 फिदिम टुडे । न्युु पाथिभरा क्लब चोकमागुको आयोजनामा प्रथम चोकमागु गोल्डकप शुक्रबार बाट सुरु भएको छ । चोकमागु स्थित सरस्वती माध्यमिक बिद्यालयको खेलमैदानमा गोल्डकप सञ्चालन भएको  हो ।


शुक्रबार भएको उद्घाटन खेलमा स्वतन्त्र फुटबल क्लब रानिटारलाई २–० गोलले हराउदै आयोजक न्युु पाथिभरा क्लब निलोले बिजयीसुरुवात गरेको छ । निकै प्रस्पिर्धात्मक खेलमा खेलको २२ औं मिनेटमा आयोजकका युन्छो तुम्बापोले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । दोश्रो हाफमा आयोजक टिमकै शंकर तुम्बापोले गोल गर्दै आयोजकलाइ जिताएको थिए । सो खेलको म्यान अफ दि म्याच आयोजक टिमका शंकर तुम्बापो बने ।
शुक्रबारनै भएको दोश्रो खेलमा लालीर्खकलाई १–० ले हराउदै सिवा अर्को चरण प्रबेश गरेको छ ।

आठ टिम सहभागी रहेको प्रतियोगिता कात्तिक २० गते सम्म चल्ने छ । प्रतियोगिताको बिजेताले नगद ५१ हजार प्राप्त गर्नेछ । उपबिजेता टिमले नगद ३५ हजार प्राप्त गर्ने आयोजक टिमका दिपक तुम्बापोले जानकारी दिए । प्रतियोगिताको उद्घाटन जिल्ला फुटबल संघ पाँचथरका उपाध्यक्ष सि.आर आङदेम्बे गरेका थिए । प्रतियोगिताका फुटबल संघ पाँचथरका महासचिब बरुण तुम्बापो लगायतको सहभागीता रहएको थियो ।

पाथिभरा गोल्डकप शनिबारको खेल
पाँचथर क्लब बिरुद्ध लुम्फाबुङ युथ क्लब

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी