BSC FM live


सिन्धुपाल्चोकमा एक जनाको हत्या


०१ कार्तिक,- सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५, गुन्सामा बिहिबार राति एक जनाको शीर क्षेदन गरि विभत्स हत्या हत्या भएको छ। हत्या हुनेमा सोहि ठाउँको विजय गोले रहेको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। सामान्य विवाद उनको हत्या भएको प्रहरीको अनुमान छ। हत्या गर्ने  सोहि गाउँपालिकाकै वर्ष २३ का मिलन स्याङ्बो र वर्ष २४ का बमबहादुर स्याङबोले हत्यागरि फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। मृतकको शव अहिले इलाका प्रहरी कार्यालय मेलम्ची ल्याइए प्रहरीले जनाएको छ। हत्या गरि फरार भएका व्यक्तिको खोजिकार्य तिव्र पारिएको प्रहरीले जनायो। बिहिबार राति देखि नै प्रहरी परिचालन गरि सबै नाकामा सतर्क गराइएको छ। हत्याराहरु पाँचपोखरी गाउँपालिका वरिपरि नै लुकेको आशंका गरिएको छ।
thahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी