BSC FM live


अलैँची कृषक बगान पसे


टुडे संवाददाता /पाँचथर, ०१ कार्तिक
पाँचथरको फालेलुङ गाउँपालिका १ का अग्नी मिश्रलाई यतिबेला अरु काम गर्ने फुर्सद छैन । अलैँचीको मध्य सिजन भएकाले उनको दैनिकी अहिले बगानमै बित्छ । सोही ठाउँका घनश्याम सुबेदीको पनि दैनिकी उस्तै हो ।
फलेलुङ गाउँपालिका ४ मा कर्मसिं थाम्सुहाङ, वडा नम्बर ५ का मनबहादुर थाम्सुहाङ, ७ का बिजय जवेगू, वडा नम्बर २ का हेमबहादुर खत्रीले सबै सक्रिय अलैँची कृषक हुन अनीहरु अहिले घरमा भन्दा बगानमा बढी भेटिन्छन ।
उनीहरु जस्तै फालेलुङ गाउँपालिका सहित अलैँची खेती हुने जिल्लाका सयौँ कृषकलाई अहिले घरमा भेटिन्न । साथिभाई छरछिमेकमा समेत सहयोग मागेर उनीहरु अलैँची भित्राउने दाउमा छन । पाँचथरमा फालेलुङ गाउँपालिका अलैँचीको पकेट क्षेत्रका रुपमा बिस्तार गरिएको छ । त्यस बाहेकका क्षेत्रमा पनि अहिले अलैँची भित्राउनका लागि कृषक बगान पसेका छन ।
अलैँचीका बिरुवा बेचेरै मनग्गे आम्दानी गर्दै आएका मिश्र जस्तै धेरै कृषकलाई अहिले ध्याइनभ्याइ छ । यो क्रम कात्तिकको १५ सम्म चल्छ । भदौ लाग्दै गर्दा सुरु भएको अलैँची सिजन मध्य कात्तिक सम्म कायम रहन्छ ।
बगान मासिने सहितका समस्या झेल्दै आएका कृषक यो बर्ष अलैँचीको मुल्य बृद्धी नहुँदा समस्यामा छन । बगान मासिने समस्या पुरानै हो । नयाँ समस्या बनेको अलैँचीको बजार नै हो ।
पाँचथर जिल्लाको कुल क्षेत्रफलको २ हजार नौ सय २० हेक्टर क्षेत्रमा अलैँची उत्पादन हुने गरेको छ । उक्त क्षेत्रबाट पाँचथरमा मात्रै एक हजार ३७ मेक्ट्रिक्टन अलैँची उत्पादन हुने गरेको छ । अलैँचीको क्षेत्रगत हिसावमा उत्पादन कम भए पनि त्यसको उच्च मुल्यका कारण कृषकलाई फाइदा हुने प्रधानमन्त्रि कृषि अधुनिकिकरण परियोजना अलैँची जोन कार्यानवयन इकाइ पाँचथरका प्रमुख प्रकाश बिश्वकर्माले बताए ।
पाँचथरमा लागु भएको अलैँची जोन क्षेत्र बिस्तार कार्यक्रम चालु आर्थिक बर्षमा पनि कायम छ । जोन क्षेत्र थप गर्ने भन्दा पनि भएका क्षेत्रलाई प्रभावकारी बनाउने बिषयमा कार्यक्रम तय भएको कार्यालयले जनाएको छ । पाँचथरका कृषकहरुलाई अझै करिव १० लाख बिरुवा अपुग छ ।
प्राबिधिक सहयोग, बजारिकरण, मुल्य स्थिरता सहितका समस्यामा परेर पनि जिल्लाका अधिकांस कृषक अझै अलैँचीको ब्यवसायिक उत्पादनमा केन्द्रित बनेका छन । सरकारी सहयोग प्रभावकारी नभएको भन्दै उनीहरुले गुनासो समेत गरेका छन ।
जिल्लाको एक ठाउँमा मात्रै अलैँची जोनको कार्यक्रम रहेका कारण समस्या भएको उनीहरुको गुनासो छ । स्थानी सरकारले समेत अलैँचीको प्रबर्धनमा प्रभावकारी काम गर्न नसकेको कृषक समुह महाँसंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले जानकारी दिए ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी