BSC FM live


गोरु नारेर खेलमैदान


टुडे संवाददाता/ ताप्लेजुङ, ०१ कार्तिक

सिरिजंघा गाउँपालिका ६ खेबाङका अशोक तुम्याहाङ हल गोरु लिएर निस्किए । काँधमा हलो–जुवा बोकेर गोरु धपाउँदै उनी स्थानीय गणेश माविको खेलमैदानमा पुगे । उनी घरबाट खेतबारी होइन, खेलमैदान जोत्न हिँडेका थिए । मैदान विस्तार र व्यवस्थित बनाउन उनीसँगै हलगोरु नार्नेमा कुमार तुम्याहाङ पनि थिए । ६४ वर्षीय ज्ञानप्रसाद दाहाल हलगोरुको पछिपछि हिँड्थे ।
उनको जिम्मेवारी ढुंगामा हलो अड्किए झम्पल हानेर निकाल्ने थियो । उनको जोस देखेर युवा ‘काकाले उमेरमा गोठ बसेर घिउ खाएको बल निकाल्नुभयो’ भन्दै हौस्याउँथे । खेलमैदान बनाउने क्रम पाँच दिनसम्म चल्यो । मैदान बनाउन खेबाङमै घर भएका कांग्रेसका सिरिजंघा गाउँपालिका सभापति भीमप्रसाद दाहाल, नेकपा नेता तथा वडाध्यक्ष पदमलाल पाण्डे लगायतका नेताहरू पनि सहभागी थिए । खेबाङ स्पोर्टिङ क्लबले पहलमा भएको यो काममा ६७ जनाको समूह दैनिक खटिएको थियो । फुटबल प्रतियोगिता गर्नका लागि खेलमैदान सम्याइएको हो । ‘पोहोर सडक खन्न गाउँ आएको एस्काभेटर लगाएर मैदान विस्तार गरेका थियौं,’ क्लब अध्यक्ष विनम माबोले भने, ‘एस्काभेटरले खाल्डाखुल्डी बनाइदिएको थियो । त्यसलाई यसपालि सम्याएर व्यवस्थित र्गयौं ।’ ठूला–साना ढुंगा निस्कने र कोदालाले माटो उघाएर अर्को ठाउँमा लैजान पनि सजिलो हुने भएकाले गोरु लगाएर जोतेको अध्यक्ष माबोले बताए । ‘खेतबारी जोतेजस्तो सजिलो त कहाँ हुन्थ्यो र !’ तुम्याहाङले अनुभव बताए, ‘मैदान जोत्न निकै साह्रो रहेछ ।’

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी