BSC FM live


सम्पादकीय: लोकतन्त्रको लय


लोकतान्त्रीक अभ्यासका लागि हामी आवधिक निर्वाचनको पक्षमा छौ । यो लोकतन्त्रको लय समेत हो । आगामी मंसिर १४ मा हुने उप–निर्वाचनका लागि पाँचथरका तीन क्षेत्र अहिले चर्चामा छन । फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकामा उप–निर्वाचन हुन लागेको छ । तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।
तीन स्थानमा हुने तीन जनाको निर्वाचनका लागि दुई दर्जन भन्दा बढी आकंक्षिहरुको चर्चा चलिनै रहेको छ । नेपाली काग्रेस सहितका केही दलहरुले केही स्थानमा उम्मेद्वारी घोषणा गरिसकेका छन भने केही दल उम्मेद्वार छनौटकै चरणमा छन ।
हिलिहाङ गाउँपालिकाको वडा नम्बर ७ मा नेपाली काग्रेसले तिलबिक्रम इदिङगोलाई उध्यक्षको उम्मेद्वार बनाएको छ । उता फाल्गुनन्द गाउँपालिकाको अध्यक्षका लागि नेपाली काग्रेसका जिल्ला सचिव बिर्जहाङ आङदेम्बेलाई उम्मेद्वार बनाउने भएको छ । नेपाली काग्रेस पाँचथरका अनुसार फिदिम नगरपालिका वडा नम्बर १ बाहेकका दुई क्षेत्रमा नेपाली काग्रेसले उम्मेद्वार तय गरेको हो ।
हिलिहाङ ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले तुलप्रसाद पन्थाक प्रतापलाइ उम्मेद्वार बनाउने भएको छ । यता फिदिम नगरपालिका वडा नम्बर १ मा राप्रपाले मिलन गिरीलाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले भने उम्मेद्वार छनौट गरिसकेको छैन । तिहार अगाडी घोषणा गर्ने गरी गृहकार्य भइरहेको नेकपा पाँचथरले जनाएको छ । यी तमाम अभ्यास लोकतन्त्रको रक्षाका लागि भए । त्यो संगै समृद्ध राष्ट निर्माणका लागि पनि प्रयत्न भएका हुन । तमाम लोकतन्त्रको लयलाई कायम राख्न सम्नु नै असली लोकतन्त्र हो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी