BSC FM live


मेस्सी भन्छन् – नेयमार फर्काउन फेरी प्रयास हुनेछ


२२ असोज ,- यस सिजरको ट्रान्फर विन्डोजमा निकैनै चर्चामा रहेका ब्राजिलियन स्टार खेलाडी नेयमार अनुबन्धका लागि स्पेनिस महारथी क्लबद्वय बार्सिलोना र रियल मड्रिड एक पटक फेरी दौडमा देखिएका थिए ।

तर, विश्वकै सर्वाधिक महंगा खेलाडी नेयरमालाई लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट अनुबन्ध गर्न दुबै क्लब विफल रहे ।

क्याम्प नाउमा नेयमार भित्र्याउन क्लबलाई दबाब दिइरहेका कप्तान लियोनल मेस्सीलाई रियलको कडा दौड देखेर आफु डराएको बताएका छन् ।

अनुबन्ध दौडमा मेस्सीले नेयमार रियल नजिक पुगेको महसुस गरेको खुलाएका छन् ।
एजेन्सी । यस सिजरको ट्रान्फर विन्डोजमा निकैनै चर्चामा रहेका ब्राजिलियन स्टार खेलाडी नेयमार अनुबन्धका लागि स्पेनिस महारथी क्लबद्वय बार्सिलोना र रियल मड्रिड एक पटक फेरी दौडमा देखिएका थिए ।

तर, विश्वकै सर्वाधिक महंगा खेलाडी नेयरमालाई लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट अनुबन्ध गर्न दुबै क्लब विफल रहे ।

क्याम्प नाउमा नेयमार भित्र्याउन क्लबलाई दबाब दिइरहेका कप्तान लियोनल मेस्सीलाई रियलको कडा दौड देखेर आफु डराएको बताएका छन् ।

अनुबन्ध दौडमा मेस्सीले नेयमार रियल नजिक पुगेको महसुस गरेको खुलाएका छन् ।

 

‘मलाई साच्चै नै नेयमार रियलमा अनुबन्धित हुन्छन् भन्ने लागेको थियो । तर, उनी रियल आएनन् ।’ मेस्सीले एक स्पेनिस रेडियोसँग अन्तर्वातामा भनेका छन् ।

‘नेयरमा पेरिस छोड्न चाहन्थे । जुन त्यतीबेलाको माहोलले देखाएको थियो ।’ मेस्सीले भने, ‘नेयमार अनुबन्धका लागि फ्लोरेन्टिनो पेरेज र रियल निकै अगाढी देखिन्थे ।’

बार्सिलोनाले आफ्ना पूर्व स्टार नेयमारको सम्भावित कदमको समय एन्टोनी ग्रिजमनलाई अनुबन्धित गर्नु चिन्ताजनक रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

सोही कारण मेस्सीको सम्बन्ध फ्रान्सेली स्टारसँग तनावपूर्ण रहेको रिपोर्टमा उल्लेख छ ।

बार्सिलोना पूनः एक पटक नेयमार अनुबन्धका लागि कदम उठाउने मेस्सीले बताएका छन् । यता नेयमार पनि लिग वान च्याम्पियन पीएसजी छोड्न आतुर रहेका छन् ।

उनले पुनः बार्सिलोना फर्कने बिषयमा सार्वजनीक रुपमै स्पष्ट पारिसकेका छन् ।

khelpati.

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी